एमाले गण्डकी प्रदेश अध्यक्षमा शर्मा र अधिकारीको उम्मेदवारी दर्ता


पोखरा,१७ असोज- गण्डकी प्रदेशको राजधानी पोखरामा सोमबारदेखि सुरुभएको एमालेको प्रथम अधिवेशनमा प्रदेशको नेतृत्व लिन अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा यस अघि अध्यक्ष रहेका नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले आ-आफ्नो समुहनै बनाएर उम्मेदवारी दर्ता गर्नुभएको हो ।
म्याग्दीका शर्माको समुहबाट स्याङ्जाका मिनप्रसाद गुरुङ उपाध्यक्षमा सचिवमा लमजुङका धनञ्जय दवाडी उपसचिवमा कास्कीका दाम बहादुर विक र पर्वतकी मञ्जु अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने अधिकारीको समुहबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विश्वकर्मा सचिवमा कास्कीका रश्मी आचार्य उपसचिवमा कास्कीकै मिना गुरुङ र म्याग्दीका सन्तोस रावलले उमेदवारी दर्ता गराउनुभएको छ । यसै गरी उपसचिवमा स्याङ्जाका अर्जुन कुमार सुंनामले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सहमतीमा नेतृत्व चयन गर्ने नेताहरुले बताएपनि उम्मेदवाहरुले भने आ-आफ्नो समुह बनाएर चुनावी मैदानमा उत्रीएका हुन ।
शर्मालाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन रहेको छ ।
दुई समुहमा बाडिएर उम्मेदवारी दर्ता भए संगै कार्यक्रताहरु आफ्नो पक्षका उम्मेदवारको प्रचारमा जुटेकाछन् ।
यसैगरी प्रदेश कमिटी सदस्यको लागि स्याङ्जाबाट खिम बहादुर थापा, डा.बुद्धिमान श्रेष्ठ, सुजन भट्टराई, चुनप्रसाद शर्मा,राम बहादर थापा,घनश्याम सुवेदी, देवी थापा, चन्द्र बहादुर राेकाहा, माेति प्रसाद पाैडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
विभिन्न पदमा एक भन्दा धेरै उम्मेदवारी परेपनि अजैपनि सहमतिको प्रयास जारी रहेको नेताहरुको भनाइ रहेको छ ।

ताजा

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal