एमाले गण्डकी प्रथम प्रदेश अधिवेशन सुरु

रमेश पौडेल

पोखरा,१५असोज-एमालेको गण्डकी प्रदेश पहिलो प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशन मौसम खराबीका कारण जहाज नचलेपछि उहाँ आउन सक्नु भएन ।

अधिवेशनको उद्घाटन पार्टीका महासचिव शङ्कर पोख्रेलले गर्नुभयो । सो अवसरमा महासचिव पोख्रेलले गठबन्धन सरकारले देश समृद्धितर्फ नभई बरबादीतर्फ लगिरहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले सुशासन र महँगी नियन्त्रण गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा (एमाले) पहिलो दल हुने दाबी गर्नुभयो । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताउनुभयो । लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप उहाँले लगाउनुभयो ।  उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभयो । 

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचार र महँगीमा डुबेको आरोप लगाउनुभयो । एमालेका गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले पार्टीभित्र लोकतन्त्रको पूर्ण अभ्यास गरी नेतृत्व चयन गर्ने बताउनुभयो । उहाँले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनका लागि गण्डकी प्रदेशभरिका प्रतिनिधि पोखरा आएका छन् । आज र भोलि हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सकेसम्म सहमतिबाट नभए भोटिङबाट नेतृत्व चयन हुने जानकारी दिनुभयो ।

एमाले गण्डकी प्रदेश अध्यक्षका लागि कृष्ण थापा, नवराज शर्मा, राजीव पहारी, मायानाथ अधिकारीलगायतको चर्चा छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो ।गोप 

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal