सुन्दरता गुमाउँदै पोखरा

जमुना वर्षा शर्मा

पोखरा,१५ असोज-पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ ।

सेप्टेम्बर २७ विश्व पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम भए । नारा थियो ‘पर्यटनमा हरित लगानी’ अर्थात् ९टुरिज्म एन्ड ग्रिन इन्भेष्टमेन्ट० । पर्यटन सम्बद्ध सङ्घसंस्थाले केही औपचारिक कार्यक्रम गरे तर पोखराको सुन्दरतामा बढ्दै गएको प्रदूषण र योसँग जोडिएका वातावरणका विषयमा भने ठोस कार्यक्रम हुन सकेनन् ।

फेवाताल किनारमा कार्यक्रम भइरहँदा फेवाताललाई कसरी प्रदूषण मुक्त बनाउने, आउने पर्यटकले स्वच्छ हावामा डुल्नका लागि खुला ठाउँहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल पनि उठ्न जरुरी थियो । सधैँ जसो नेता र पर्यटन व्यवसायीका बनावटी सवालहरुमा कार्यक्रम सकियो ।

वातावरणविद्हरुले पोखराले सुन्दर, सफा र स्वच्छ सहर भनेर बनाएको पहिचान नै बिस्तारै गुम्दै गएको प्रति चिन्ता व्यक्त गर्न थालेका छन् । पोखराको सुन्दरता बेचेर बाँचेकाहरुले भने यसलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन नसकेको वातावरण एवम जलाधारविज्ञ राजन सुवेदी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “पोखरा आफैँमा सुन्दर सहर हो, तर बढ्दो प्रदूषणबाट नजोगाउने हो भने पोखराले आफ्नो विशेषता गुमाउने छ, कुनै पनि कुरालाई थप समस्या हुनुअगाडि नै ध्यान दिन सकियो भने थप समस्या झेल्न पर्दैन ।” उहाँले पोखरामा अहिले दीर्घकालीन फोहोर व्यवस्थापन, पुराना गाडीबाट निस्कने कालो मुस्लो धुवाँ, प्लास्टिकजन्य फोहोर, अव्यवस्थित संरचना चुनौती बन्दै गएको बताउनुभयो ।

“पोखरा एकदम पानी पर्ने ठाउँ हो, पानी पर्ने चक्रमा तलमाथि पर्दा त्यसको असर पोखरामा देखिहाल्छ, वातावरणका हिसाबले उपयुक्त मानिने पोखरामा पानी पर्ने विशेषता भनेको यहाँ थुप्रै तालतलैया छन्, यो सहरका लागि निकै राम्रो हो, तर प्रकृतिले दिएका कति कुराको व्यवस्थापन गर्न नजान्दा, व्यवस्थित विकास मोडल अवलम्बन गर्न नसक्दा समस्या देखिएका छन्”, उहाँले भन्नुभयो ।

उहाँले समस्याको पहिचान गरेर समयमै व्यवस्थापन गर्न स्थानीय सरकारले नीतिगत रुपमै पहल थाल्न आवश्यक रहेको बताउनुभयो । “फेवाताल पुरियो, अतिक्रमणमा भयो भन्नेमा मात्रै चासो बढ्यो, तर फेवाताल प्रदूषित भएकोतर्फ ध्यान दिइएको छैन, आज ताल हेरेर रमाउने हामी कुनै दिन ताल हेरेर नाक थुन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन”, सुवेदीले भन्नुभयो ।

पोखरालाई सुन्दर सहरका रुपमा स्थापित गर्दै स्वच्छ, सुन्दर, हराभरा सहर बनाएर आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पोखरा बृहत् सफाइ महाअभियानका परिकल्पनाकार एवम् नागरिक अगुवा रामबहादुर पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रा सन्ततिलाई प्रकृतिले दिएको सुन्दर सफा पोखरा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, तर पोखराको सुन्दरता जोगाउने सरोकारवालाले ध्यान दिन सकेनन् यो चिन्ताको विषय हो ।”

उहाँले सुन्दर पोखरा सबैलाई चाहिएको तर सुन्दर र सफा पोखरा बनाउनुपर्छ भन्ने चेतनाको अभाव र व्यावसायिक मानसिकताका कारण पोखराले आफ्नो सुन्दरता गुमाउँदै गएको बताउनुभयो । उहाँले बढ्दो प्रदूषण, तालतलैया र सिमसारमाथिको अतिक्रमण, यत्रतत्र छरिएका अव्यवस्थित तारका साथै अव्यवस्थित संरचनाले पोखरालाई कुरुप बनाउँदै लगेको उहाँको भनाइ छ । नीति निर्माणको अभाव र भएका नीति नियमको पनि कार्यान्वयन नहुँदा समस्या बढ्दै गएको उहाँको बुझाइ छ ।

अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन अहिले महानगरको प्रमुख चुनौती बनेको छ । फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि पोखरा महानगरपालिका–३३ झाक्रिी खोलामा ९३ रोपनी जग्गाको मुआब्जा दिने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको महानगरले जनाएको छ ।

यसका लागि आशयपत्र प्रकाशित भइसकेको प्रस्ताव माग भए पनि स्थानीयवासीले उठाएका माग सम्बोधन हुन नसक्दा केही कठिनाइ देखिएको महानगरको वातावरण शाखाका अधिकृत निर्मलमानसिं भण्डारी बताउनुहुन्छ । “पोखरालाई सुन्दर, सफा र स्वच्छ बनाउने नीतिगत रुपमै योजनाहरु छन्, ‘ग्रिन सिटी, क्लिन सिटी’को अवधारणाअनुरुप दुई लाख बिरुवा रोप्ने, पोखराको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने, पुराना गाडीलाई प्रतिस्थापन गर्दै विद्युतीय गाडीलाई प्रोत्साहित गर्ने, व्यवस्थित अटो भिलेज, औद्योगिक क्षेत्रको व्यवस्थापन, अव्यवस्थित तारहरुलाई ‘अन्डरग्राउन्ड’ गर्ने, सार्वजनिक शौचालय बनाउने लगायतका कार्यक्रम छन् ।”

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal