बहाकाेट कालिका मन्दिरकाे उद्घाटन

रमेश गोदार

स्याङ्जा,११ असाेज- पुतलीबजार नगरपालिका ८ बहाकोटमा  रहेकाे बहाकोट कोटकालिका मन्दिरको एक समाराेहका बिच उद्घाटन गरिएको छ । 

बाइसे राजा पृथ्वी वीर विक्रम शाहाको पालामा स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको जीर्णोद्धार सहित पुननिर्माण गरिएकाे थियाे।  निर्माण संगै सिमेन्टको मूर्ति रहेकाेमा ढलोटको मूर्ति स्थापना  गरि विधिवत् पूजापाठ समेत गरिएकाे भियाे। मन्दिरकाे  बुधबार पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले उद्घाटन गर्नुभएको हो । समुन्द्री सतहदेखि १९ सय मीटर उचाईमा रहेकाे मन्दिरको मौला र शिला बाहेक सम्पूर्ण संरचनाको पुननिर्माण गरिएको हो ।

मन्दिरको उद्घाटन एवं सहयोगी चन्दादातालाई सम्मान गर्दै नगरप्रमुख रेग्मीले ऐतिहासिक मन्दिरको पुननिर्माण पश्चात मन्दिर आकर्षक बनेकोले बहाकोटमा आन्तरिक एंव बाह्य पर्यटक भित्रिने बताउँनुभयो । उहाँले मन्दिरसम्म सजिलै आउने बाटो निर्माणमा आफूले सक्दो सहयोग गर्ने र संघ प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

प्रमुख रेग्मीले ऐतिहासिक एंव धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न होमस्टेका लागि समेत सोंच बनाउँन अनुरोध गर्नुभयो । नुवाकाटे राजाकाे संरक्षकत्वमै रहकाे बहाकाेटमा घुम्दै मन्दिर क्षेत्रमा पुगेका राजा पृथ्वी वीर विक्रम शाहाले बाहिर बाघ सुतिरहेरेकाे देखेपछि गेटपाले सिपाहीले बाघलाई तरवारले काट्दा दुईटा कन्या  दिदी कुश्मावती र बहिनी कठावति उत्पत्ति भई उनीहरूलाई देवीका रुपमा पूजापाठ गर्न थालिएको कथन रहेको स्थानीय पूजारी उदयराज मरासिनीले बताउनुभयो । 

मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई यस ठाउँको नाम बहाकोट रहन गएको किंवदन्ती रहेको बताउँदै सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको बताउँनुभयो । पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय लगायत स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको एक करोड बढीको लागतमा पुननिर्माण गरिएको मन्दिरका सचिव कमला रानाले जानकारी दिनुभयो । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको विशेष पूजापाठ गरिनुका साथै बडादसैकाे नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ ।  

कोटकालिका सम्झी भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासले वरपर लगायत छिमेकी जिल्लाका भक्तजन आउने गरेको मन्दिर निर्माण समितिका अध्यक्ष रानाले बताउँनुभयो । ३ रोपनी ८ आना क्षेत्रफल ओगटेको मन्दिर परिसरमा भ्यू टावर निर्माण, प्याराग्लाइडिङ उडान, बाइसे चौविसे राजाहरुको मौलिकता र संस्कृति झल्कने संग्राहलय निर्माणसँगै गाउँमा होमस्टे निर्माण गरिने आर्थिक समितीका संयोजक इन्द्रबहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष भरतकुमार रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कोषाध्यक्ष सुबेदार मेजर सूर्यबहादुर थापाले स्वागत एंव यदुकुमार रानाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal