चितुवाको आक्रमणले दुई सय कालिज सखाप
स्याङ्जा,११ असाेज- कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ ।
बुधबार बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृतावस्थामा भेटिएका थिए । करिब दुई सय २० को हाराहारीमा कालिज रहेकामा एक सय ९० वटालाई चितुवाले मारेको सञ्चालक न्यौपानेले बताउनुभयो ।
“म र मेरी श्रीमती मिनाक्षी दाना खुवाउन फार्ममा पसेका थियौँ, अचानक कालिज मरेका र घाइते कालिज छट्पटाएको देख्दा अताल्लियौँ”, उहाँले भन्नुभयो, “श्रीमतीले झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन हामी बाहिर भाग्यौँ ।”
सित्मामा डेढ वर्ष पहिलेदेखि कालिजपालन गरिँदै आएको थियो । बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको न्यौपानेको भनाइ छ । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाढेर मारेको पाइएको छ ।
डिभिजन वन कार्यालय स्याङ्जा, नेपाल प्रहरी र स्थानीयले दिउँसो १ बजेसम्म होहल्ला गर्ने, माटो छर्किने र पासो थापेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । चितुवा फार्म नाइलको जाली च्यातिएको भेटिएपछि चितुवा भागेको आशङ्का गरिएको छ ।
न्यौपानले फार्ममा हालसम्म रु १७ लाख लगानी गरिसक्नुभएको छ । फार्म चार रोपनी जमिनमा फैलिएको छ । कालिज प्रतिवटा दुई हजार पाँच सय र अण्डा रु ५० देखि एक सयसम्ममा बिक्री हुँदै आएको थियो । स्याङ्जा, गुल्मी र पर्वतबाट कालिज किन्न यहाँ ग्राहक आउने गरेका थिए ।
वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताउनुभएका न्यौपानेले कालिजपालनतर्फ लाग्नुभएको थियो । जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजारलगायत स्थानमा कृषकले कालिजपालन गरेका छन् । कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलोे भएकाले माग धेरै छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















