भीरकोटमा डेंगु सापुको जनचेतना कार्यक्रम
वालिङ,२८भदौ- भीरकोट नगरपालिकामा डेंगु र सापु संक्रमण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भीरकोट नगरपालिका स्वास्थ्य कार्यालयद्वारा आयोजित कार्यक्रममा डेंगु तथा सापु संक्रमणको अवस्था, रोकथाम, उपचार र नियन्त्रणका विषयमा सरोकारवालाहरुसंग अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले यस्ता मौसमजन्य संक्रमणबाट बच्नका लागि सतर्क हुनुपर्ने बताउनुभयो ।
अधिकांस रोगहरु दुषित खानपान, दुषित हावापानी, व्यक्तिगत सरसफाईमा ध्यान नदिँदा हुने भएकाले यसप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो । यस्ता प्रकारका संक्रमणको समयमै रोकथाम गरी महामारीजन्य अवस्थाबाट बच्न आम नागरिकको पनि साथ र सहयोग रहनुपर्ने नगरप्रमुख कर्माचार्यको भनाइ थियो ।
कार्यक्रममा नगरपालिकाले लामछुट्टेका लार्भा खोज र नष्ट गर अभियानलाई अगाडि बढाउने, नागरिकलाई सचेत पार्नका लागि आवश्यक जनचेतनामुलक कार्यक्रमहरु गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले बताउनुभयो ।

ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















