वालिङलाई अपांगमैत्री नगर घोषण गर्छौ ः नगरप्रमुख खाँण

कला राना
वालिङ,२८भदौ- वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले वालिङलाई अपांगमैत्री नगर घोषण गर्ने बताउनुभएको छ ।
आफ्नो कार्यकालमा वालिङलाई अपांगमैत्री नगर घोषणा गर्ने बताउदै यसका लागि जनप्रतिनिधि र अपांगताका लागी संगठित संघसंस्था मात्रै भएर नपुग्ने भन्दै आम नागरिक, बुद्धिजिवि, नागरिक समाज, पत्रकारलगायत सम्पूणर्को साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा स्थानीय सरकार सवलीकरण परियोजना अन्तर्गत स्याङ्जा अपाङ्ग समाजको साझेदारीमा वालिङमा संचालित अपाङ्गता समावेशी विकास कार्यक्रम अन्र्तगत बुधबार पत्रकार र जनप्रतिनिधिबीच अपांगताका क्षेत्रमा वालिङमा अहिलेसम्म भएगरेका प्रगति विवरण सार्वजानिक कार्यक्रममा नगरप्रमुख खाँणले सो कुरा बताउनुभएको हो ।

अपांगताका क्षेत्रमा महशुस हुने गरी काम गर्ने भन्दै नगरप्रमुख खाँणले भन्नुभयो, “अपांगमैत्री नगरका लागि आवश्यक बजेट नीति तथा कार्यक्रम बनाएर हामी अगाडि बढ्छौँ । बजेटमा गर्नुपर्ने काम शुन्य बजेटमा पनि हुन सक्ने कामहरु वगीकरण गरेर प्राथामिकताको आधारमा बजेट विनियोजन गरी हामीले नगरलाई अपांगमैत्री बनाउने योजनामा अगाडि बढेका छौँ ।” सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै हरेक विकास निर्माण र नगर वडालाई समृद्ध बनाउनका लागि साझा एजेण्डाहरु लिएर अगाडि बढ्नुपर्नेमा प्रमुख खाँणले जोड दिनुभयो ।

स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत वालिङमा पैरवी समूह गठन गरिएसँगै अपाङ्गता सम्बन्धी गतिविधिहरुमा क्रियाशील रहेको, समूहको आन्तरिक तथा सरोकारवाला पक्षहरुसँग अभिमुखीकरण कार्यक्रमहरु भईरहेको सन्र्दभमा बुधबार पत्रकार र जनप्रतिनिधिसंग छलफल गरिएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलले जानकारी दिनुभयो । यो कार्यक्रम सञ्चालन भएपछि सकरात्मक प्रभाव देखिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

वालिङका जनप्रतिनिधि, शाखा प्रमुखहरु तथा बजारहरुमा समेत आपंग व्यक्तिहरुलाई गर्ने व्यवहारमा सकरात्मक प्रभाव देखिएको स्याङ्जा अपाङ्ग समाजका निर्वतमान अध्यक्ष तथा वालिङका फोकल पर्सन युवरा पराजुले प्रस्तुत गर्नुभएको प्रतिवदेनमा उल्लेख गरिएको छ । यस कार्यक्रमले अपांगता भएकाहरुको क्षमता विकास भएको आफ्ना कुराहरु व्यक्त गर्न सक्ने भएको समेत फोकल प्रर्सन पराजुलीले बताउनुभयो । वालिङमा १ हजार २८१ विभिन्न प्रकारका अपांगहरु रहनुभएको छ ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले अपांगता व्यक्तिहरुको क्षमता विकासका लागी र उहाँहरुको दैनिक जिवनलाई सहज बनाउन राज्यले समेत प्रयास गरिरहेको भन्दै यसमा समाजले पालिकाहरुसंग समन्वय गर्दै अगाडि बढ्नु निकै सकरात्मक पक्ष रहेको बताउनुभयो ।

परियोजनामार्फत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु यातायात ब्यवसायी, उद्योगी तथा ब्यापारी, वालिङ नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य संस्थाका प्रमुखहरुसँग अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । परियोजनाको अवधि समाप्ति हुन थालेकाले बाँकी रहेका सरोकारवाला पक्ष तथा निकायहरुसँगको समन्वयात्मक बैठक तथा अन्तरक्रिया सञ्चालन गर्ने तयारी भईरहेको अध्यक्ष शर्माले बताउनुभयो ।यसअघि डिजिटल बडापत्र राखेको नगरपालिकाले नगरपालिकाबाट प्रवाह हुने सेवा सविधाका बारेमा अपांगता भएका व्यक्तिहरुको सहजताको लागि अपांगमैत्री वडापत्रको सुभारम्भ गरेको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal