वालिङमा ब्लड बैंक स्थापना
वालिङ,१९ भदौ- वालिङमा रहेको गह्रौं अस्पतालमा ब्लड बैंको स्थापना गरिएको छ । मंगलबार ६२ औं नेपाल रेडक्रस स्थापनाको अवसर पारेर ब्लड बैंक (रक्त सञ्चार इकाई केन्द्र) स्थापना गरिएको हो ।
वालिङमा ब्लड बैंकको स्थापना भए संगै जिल्ला बासिले मात्रै नभएर छिमेकी जिल्ला पर्वथ, पाल्पा र गुल्मीका नगरिकहरुले समेत यसबाट सेवा लिन पाउने भएकाछन् ।
ब्लड बैंकको स्थापना कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले जिल्लाको मध्यभागमा रहेको गह्रौं अस्पताल वालिङमा बिरामीको चाप धेरै हुने र अस्पतालमा रगतको ब्यवस्था नहुदा बिरामीहरु रगतको अभावमा उपचार गर्न पाल्पा पोखरा जानुपर्ने बाध्यताको अन्त्य गर्न गह्रौ अस्पताल वालिङमा ब्लड बैंकको स्थापना गरिएको बताउनुभयो ।
रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख खाँणले भन्नुभयो, “रक्त सञ्चार केन्द्रको स्थापना गर्नु भन्दापनि यसको निरन्तरता दिने कार्य कठिन कुरा छ । यो कार्य हामी सबैको सहयोगले गर्न सक्छौ ।” केन्द्रको निरन्तरताको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने नगरप्रमुख खाँणको भनाइ थियो ।

रक्त सञ्चारको संचालनका लागि अस्पतालले दुईजना कर्मचारी र नगरपालिकाले एक जना कर्मचारीको व्यवस्था गरेको पुर्व नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलिपप्रताप खाँणले जानकारी दिनुभयो । यस क्षेत्रमा ब्लड बैंकको स्थापना हुनु महत्वपूणर् कार्य भएको पुर्व नगरप्रमुख खाँणको भनाइ थियो ।
केही समय पहिला देखि गह्रौ अस्पताल वालिङमा शल्यक्रिया सेवाको सुरुवात भएको र रोटरी क्लब अफ वालिङको पहलमा वडा नम्बर १० स्थित गेष्टहाउसको भवनमा गौतम बुद्ध सामुदायीक अस्पताल बुटबलको सहयोगमा मृगौला रोगबाट समस्या भएका बिरामीहरुको लागि डाइलाइसेस सोवा समेत वालिङमा सञ्चालन भइरहेकोले ब्लड बैंकको स्थापना हुनुले यस क्षेत्रका सेवाग्रहिहरुलाई थप सहयोग पुग्ने देखिन्छ ।
ब्लड बैंक स्थापनकै दिन रक्तदान समेत गरिएको थियो । रेडक्रस सोसाईटी जिल्ला शाखाका उपमन्त्री खगेन्द्र अर्यालका अनुसार १६ जनाले रक्तदान गरेकाछन् । उद्घाटन कार्यक्रममा रेडक्रसका जिल्ला सभापति दिनेश अर्याल, उपसभापति लक्ष्मी थापा र सदस्य बिष्णु गैह्रे लगायतले रेडक्रस सधै विपद्को सारथी रहेको बताउनुभएको थियो ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















