दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती

ध्रुवसागर शर्मा

म्याग्दी,१९ भदौ– उमेरले एक सय वर्ष टेक्नै लाग्नुभएका म्याग्दी बेनी-२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उहाँसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै उहाँबाट टाढै बस्यो ।

बगरफाँटमा भाइको गोठमा चौरासी वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा वापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ । छोरारछोरी र नातीरनातीना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरुको साथ छैन ।

बुढेसकालको साहरा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्ष अघि नै परलोक भइसक्नुभएको छ भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँनुहुन्न । उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाँही बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउनुहुन्छ ।

“जसोतसो उहाँहरुको गुजारा चलिरहेको छ, उहाँहरु भाइको गोठमा बसिरहनुभएको छ । बिरामी हुँदा अलिक बढी समस्या हुन्छ”, उहाँले भन्नुभयो, “तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ ।” तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन ।

दम्पतीको दैनिकी सामान्य व्यक्ति जस्तै गरी बित्छ । आगो बाल्न दाउरा र झिँजा बटुल्नै प¥यो भने बाँच्नका लागि खाना खानै प¥यो । त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उहाँले खुसी व्यक्त गर्नुहुन्छ ।

विहानै उठेर नित्य कर्म गरी भगवानको आरधना गर्ने थापाको पुरानै बानी हो । त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उहाँको काम हो । दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हसाउने बानीले पनि उहाँलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणी शर्माको भनाइ छ ।

जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उहाँमा बाँच्ने चाहना अझै सकिएको छैन । उहाँमा अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ । “लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन”, थापाले भन्नुभयो, “सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्प्त्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन् ।” ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उहाँ ठट्यौली शैलीमा भन्नुहुन्छ “मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।”

थापा दम्पतीलाई समय–समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरु दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।रासस

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal