वालिङ नगरपालिका १२ द्वारा घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण
वालिङ,६ भदाै- वालिङ नगरपालिका १२ नम्बर वडा कार्यालयले स्थानीय वासिन्दाकाे गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ताकाे नविकरण गरेकाे छ। वर्षातकाे माैसम भएकाेले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई समस्या नहाेस भनेर वाडाकाे सबै टाेलमा पुगेर नविकरण कार्य गरेकाे वडा कार्यालयले जनाएकाे छ। वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारीकाे बैठक बसेर सामाजिक सुरक्षा भत्ताकाे नविकरणकाे लागि गाउँ टाेलमै जाने निर्णय भएकाेले साेहि अनुसार जनप्रतिनिधि र कर्मचारीहरुले घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण कार्य गरिएकाे वडा सचिव पदम प्रसाद पराजुलीले जानकारी दिनुभयाे। १२ नमबर वडा भित्र ६७५ काे हराहारीमा लाभग्राहीकाे संख्यामा रहेकाेमा ५५० जना लाभग्राहीको नविकरण गरिसकिएकाे वडा सचिव पराजुलीले बताउनुभयाे। जेष्ठ नागरिक, शारीरिक रुपमा अशक्त नागरिकहरुलाई वडा कार्यालयमा आउन समस्या हने भएकाेले घरमै पुगेर नविकरण कार्य गरिएकाे वडा कार्यालयले जनाएकाे छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको सामाजिक सुरक्षा भत्ता वितरण ऐन अनुसार प्रत्येक आर्थिक वर्षको साउ १ गते देखि भदाै मसान्त सम्म नविकरण गर्ने व्यवस्था छ । यसरी घरमै पुगेर वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नविकरण गरिदिएपछि लाभग्राहीहरु खुसि भएकाछन्।

ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















