“नारीअस्मिता र प्रश्न”

कमला राना

श्रावणको त्यो चकमन्न रात झम-झम झरी

प्रश्नहरू थुप्रीएका थिए मेरा दिमाग वरिपरि

किन काटिन्छन आमा सोझो रुख घरीघरी ?

किन पिसिन्छन आमा नारी जातोमा घुनसरि?

बिरह गाउदै थियो भ्यागुतो र झ्याउकिरी

खोला सुसाउदै थियोे त्यो निस्कपट रातभरि

किन लुटिन्छन आमा सोझि छोरी घरीघरी?

किन चुटिन्छन आमा नारी धान चुटिएसरि?

पिशाचहरु उफ्रिएर मुख थुन्दै कठैबरि

मेरो क्रन्दनले पहाड गर्जदै थियो बेस्सरी

किन छुटिन्छन आमा नर -नारी यसो गरी?

किन भुटिन्छ्न आमा नारी-अस्मिता मकैसरि?

रगताम्य शरीर बोकि धर्तीको शरण परी

कहिल्यै छोरी नबनाए भनी लाख बिन्ती गरी

किन फुत्किन्छन आमा पिपासु उत्पात छरी?

किन कुटिन्छन आमा नारी निरीह कैदीसरि?

सास उडयो हावामै, शरीर ढल्यो मुढोसरी

जीउँदै चिथोरेको मासुमाथि नाच्यो गिद्देचरी

किन झुत्तिन्छ्न आमा बेइमानी किरा नारीभरी?

किन चर्किन्छन आमा नारी सधैं काँचसरि?

लेखक- कमला राना बिरिन्चोक,गाेरखा

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal