“नारीअस्मिता र प्रश्न”
कमला राना
श्रावणको त्यो चकमन्न रात झम-झम झरी
प्रश्नहरू थुप्रीएका थिए मेरा दिमाग वरिपरि
किन काटिन्छन आमा सोझो रुख घरीघरी ?
किन पिसिन्छन आमा नारी जातोमा घुनसरि?
बिरह गाउदै थियो भ्यागुतो र झ्याउकिरी
खोला सुसाउदै थियोे त्यो निस्कपट रातभरि
किन लुटिन्छन आमा सोझि छोरी घरीघरी?
किन चुटिन्छन आमा नारी धान चुटिएसरि?
पिशाचहरु उफ्रिएर मुख थुन्दै कठैबरि
मेरो क्रन्दनले पहाड गर्जदै थियो बेस्सरी
किन छुटिन्छन आमा नर -नारी यसो गरी?
किन भुटिन्छ्न आमा नारी-अस्मिता मकैसरि?
रगताम्य शरीर बोकि धर्तीको शरण परी
कहिल्यै छोरी नबनाए भनी लाख बिन्ती गरी
किन फुत्किन्छन आमा पिपासु उत्पात छरी?
किन कुटिन्छन आमा नारी निरीह कैदीसरि?
सास उडयो हावामै, शरीर ढल्यो मुढोसरी
जीउँदै चिथोरेको मासुमाथि नाच्यो गिद्देचरी
किन झुत्तिन्छ्न आमा बेइमानी किरा नारीभरी?
किन चर्किन्छन आमा नारी सधैं काँचसरि?
लेखक- कमला राना बिरिन्चोक,गाेरखा
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















