वालिङमा शैक्षिक सुधारको लागि अन्तरक्रिया


मणी प्रसाद अर्याल
वालिङ,४ भदौ- विद्यालय स्तरमा शैक्षिक सुधारको लागि वालिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा खबर एजुकेशन डट कम को समन्वयमा वालिङ नगरपालिकाका कार्यपालिका सदस्यहरु र शिक्षा समितिका सदस्यहरुको बीचमा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले शैक्षिक सुधारको लागि नगरपालिकाले हरकदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले शिक्षकहरुलाई राजनैतिक संलग्नताको आरोप लाग्ने गरेकोमा त्यसबाट बचेर शिक्षण सिकाई गनर्थ निर्देशन दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा वालिङमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था,समस्याहरु तथा सुधारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका वडा अध्यक्षहरुले आ-आफ्ना वडामा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सामुदायिक विद्यालयहरुमा एसईई परीक्षाको नतिजा खस्किदै जानुमा शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको त्रिपक्षीय सम्बन्ध स्थापित हुन नसकेको जनप्रतिनिधिहरुले बताएकाछन् ।
यसै बीच वालिङका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुलाई प्रश्नपत्र निर्माण तथा मूल्याङ्कनकोे विषयमा कार्यशाला सम्पन्न गरिएको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर मापनको लागि प्रयोग गरिने प्रश्नपत्रमा समेटिनुपर्ने विषय वा पक्षहरुको बारेमा कार्यशाला गरिएको हो ।
गुणस्तर मापनको लागि अपनाइने मूल्याँङ्कनको विधि परीक्षालाई लिइने भएकोले प्रश्नपत्र निर्माणको क्रममा गहन अध्ययन हुन आवश्यक रहेको सहभागथीहरुले बताएका छन् ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal