पिउने पानीमा ‘कोलिफर्म’
अर्जुन काफ्ले
स्याङ्जा,१८ साउन- स्याङ्जामा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जीवाणु ’कोलिफर्म’ अत्यधिक मात्रामा भेटिएको छ । जिल्लामा रहेका ११ वटा पालिकाबाट लिएको ९४ वटा नमुना परीक्षणमा ४१ वटामा ‘कोलिफर्म’को कीटाणु देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख वसुन्धरा शर्माले जिल्लाका सबै पालिकाका मूल मुहान, ट्याङ्की, धारा र घरबाट पानीको नमुना सङ्कलन गरी परीक्षण गर्दा पानीमा दिसामा हुने कोलीफर्मको कीटाणु अध्याधिक मात्रा पाइएको बताउनुभयो । उहाँले सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराहरूबाट समेत पानीका नमुना परीक्षण गरिएको बताउनुभयो ।
पालिकाकाका सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६.६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१.२५ प्रतिशत कोलिफर्मको मात्रा देखिएको हो । चापाकोट नगरपालिकामा ६२.६ प्रतिशत, फेदिखोला र हरिनास गाउँपालिकामा ५०.५० प्रतिशत, भीरकोट नगरपालिकामा ४६.१ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलिफर्म देखिएको हो ।
गल्याङ् नगरपालिकामा ३८ प्रतिशत र वालिङ् नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा पनि सबैमा ३७.५÷३७.५ प्रतिशत कोलीफर्मका कीटाणु भेटिएको शर्माले बताउनुभयो । कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६÷१६, भीरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा आठ÷आठ, विरुवा र गल्याङ्मा छ÷छ, अर्जुनचौपारीमा पाचँ, फेदिखोला र हरिनासमा चार ÷चार वटा खानेपानीका नमूना सङ्कलन गरी ल्याब परीक्षण गरेको थियो ।
गत वर्षको तुलनामा पानीको शुद्धता प्रतिशत केही बढे पनि यो सुखद नतिजा भने नभएको बताउदै प्रमुख शर्माले पानीलाई छान्ने, उमाल्ने, औषधिकफ प्रयोग वा अन्य विधिबाट शुद्धीकरण गरेर मात्र पिउनुपर्ने बताउनुभयो ।
गत आर्थिक वर्षमा जिल्लाका सबै पालिकाबाट खानेपानीको ५२ वटा नमसना परिक्षण गरिएकोमा ५२ प्रतिशत कोलिफर्म भेटिएको थियो । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइड जस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि नकरात्मक प्रभाव पार्ने गर्दछ ।
पुतलीबजारका उपभोक्ता रोशन लामिछानेले वर्षासँगै पानीजन्य सङ्क्रामक रोगहरु बढ्न थालेकाले पिउने पानी कति शुद्धता रहेको छ पहिचानसहित उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।स्रोतः गोप

ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















