पतञ्जली योग समिति वालिङद्वारा रक्तदान कार्यक्रम


वालिङ,१९ साउन- पतञ्जली योग समिति वालिङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितिको आयोजनामा ऋषिकल्प, विश्वविख्यात आयुर्वेद शिरोमणी आचार्य बालकृष्णको ५१औँ जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले आचार्य बालकृष्णले आयुर्वेद तथा योग क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।
आयुर्वेद र योगाभ्यासले व्यक्तिको जिवनलाई सहज र उर्जामय बनाउने भन्दै हाम्रा वरपर धेरै जडिबुटिहरु खेरगईरहेको भन्दै जडीबुटीको सहि पहिचान गर्नका लागि नगरपालिकाले विषेश कार्यक्रम गरी अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतम, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, नापी कार्यालयका प्रमुख गगन ढकाल, पतञ्जली योग समिति केन्द्रिय सदस्य मैयादेवि पौडेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम पतञ्जली योग समिति स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महिला प्रभारी कविता भुषाल र संचानल सचिव गिरमान गुरुङले गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २२ जना महिलार ५० जना पुरष गरी ७२ जनाले रक्तदान गरेका छन् । संकलित ७२ युनिट रगत रक्तसंचार केन्द्र स्याङ्जामा राखिएको छ ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal