पतञ्जली योग समिति वालिङद्वारा रक्तदान कार्यक्रम
वालिङ,१९ साउन- पतञ्जली योग समिति वालिङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितिको आयोजनामा ऋषिकल्प, विश्वविख्यात आयुर्वेद शिरोमणी आचार्य बालकृष्णको ५१औँ जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले आचार्य बालकृष्णले आयुर्वेद तथा योग क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।
आयुर्वेद र योगाभ्यासले व्यक्तिको जिवनलाई सहज र उर्जामय बनाउने भन्दै हाम्रा वरपर धेरै जडिबुटिहरु खेरगईरहेको भन्दै जडीबुटीको सहि पहिचान गर्नका लागि नगरपालिकाले विषेश कार्यक्रम गरी अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतम, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, नापी कार्यालयका प्रमुख गगन ढकाल, पतञ्जली योग समिति केन्द्रिय सदस्य मैयादेवि पौडेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम पतञ्जली योग समिति स्याङ्जाका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महिला प्रभारी कविता भुषाल र संचानल सचिव गिरमान गुरुङले गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २२ जना महिलार ५० जना पुरष गरी ७२ जनाले रक्तदान गरेका छन् । संकलित ७२ युनिट रगत रक्तसंचार केन्द्र स्याङ्जामा राखिएको छ ।
ताजा
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
२०८३ श्रावण १६ गते, शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना
२०८३ श्रावण १४ गते, बिहीबार
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
२०८३ श्रावण १३ गते, बुधबार
पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि
२०८३ श्रावण १३ गते, बुधबार
नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….
२०८३ श्रावण ११ गते, सोमबार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार





















