उत्पादन साथमा अनुदान हातमाः प्रदेशसभा सदस्य तिवारी
वालिङ,१८ साउन- गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारीले गण्डकी प्रदेशले अब उत्पादन साथमा अनुदान हातमा भन्ने नारालाई कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । वास्तविक कृषकले अनुदान पाउनको लागिी प्रदेशले यस्तो नीति लिएर अगाडि बढेको भन्दै झोलामा फर्म लिएर हिड्ने नक्कली कृषकलाई सरकारले प्राथामिकता नदिने बताउनुभएको हो ।
बुधबार वालिङमा एमजी नर्सरी फर्मको उद्घाटन गर्दै प्रदेशसभा सदस्य तिवारीले यस्तो बताउनुभएको हो । पेशा व्यवसायमा धैर्यता आवश्यक रहने भन्दै स्थापना भन्दा निरन्तरता पहिलो प्राथामिकता रहेको उहाँले बताउनुभयो ।
वालिङमै ठुलो नर्सरीको स्थापना गरीनु यहाँका नागरिकको लागिी खुसीको कुरा भएकाले फलफुलका विरुवा, फुलका माला दुबोको मालालगायत यहाँका स्थानीयको आवश्यकताको आधारमा आफ्नो व्यवसायलाई अगाडि बढाउन नर्सरी संचालकलाई उहाँको सुझाव थियो । फुलको मालालगायत फुलजन्य वस्तुमा यहाँको पैसा धेरै विदेशीने अवस्था रहेको भन्दै नेपालको पुँजी नेपालमै राख्न सकियो भने देशको अर्थतन्त्र बलियो बन्ने तिवारीको भनाई छ ।
वालिङ ८ केदारनाथ मार्ग स्थित ४.२ आनामा रहेको नर्सरी फर्मले छिट्टै फुलखेती गरी जिल्लामा वर्षभरिनै फुल तथा फुलको माला पुर्याउने नर्सरी संचालक गौरी अधिकारी न्यौपानेले बताउनुभयो । गौरी सहित, सुशिला भट्टराई, मोहनीलाल रिजाल गरी तीज जनाले सामुहिक रुपमा नर्सरीको शुरुवात गर्नुभएको हो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















