कविता “आऊ, अनुशासित प्रेम गरौँ ”

सुमित्रा सुमी

ओठमा ओठ नजोडौँ,

ओठमा ओठ जोडिदाको मिठो कल्पना मात्र गरौँ,

प्रेम गर्छु नभनी – नभनी एउटा मीठो प्रेम गरौँ,

नछोईएरै छोईएजस्तो, नसा- नसामा तरङ्ग उमारौँ,

मन नअघाउन्जेल हेरौँ मनले ,

हृदयले हृदय छुँदै आँखा चिम्लेर महसुस गरौँ,

आऊ, अनुशासित प्रेम गरौँ ।।

सँगै बसौँ थोरै दुरि राखेर,

आँखाले बात मारौँ मन असरल्ल फिँजाएर,

जीवन बिताउन सिन्दुर दिनुपर्दैन लगनगाँठो समाउनुपर्दैन

र पर्दैन पनि अग्निको सात फेरोमा बक्बास कसम खान ,

त्यसैले त तिम्रो बहुलीमा बाँधिने रहर छैन,

रहर छैन, तिम्रो दुलही हुने पनि,

कति कल्पनाहरु पनि असाध्यै मीठा हुन्छन् गर्न जान्यो भने,

कति प्रेमहरू अजम्बरी हुन्छन् भोग गर्न जान्यो भने ,

माया त केबल बुझ्न जान्नुपर्छ ,

त्यसैले , अलि परैबाट है ….. आऊ , अनुशासित प्रेम गरौँ ।।

आपसमा फोस्रो आशा नराखौँ सदैव विश्वासमा बाँचौँ

तिम्रो रसिलो आँखामा निर्धक्क पौडन्छु, मनमा मन मिलाऊँछु,

आफू बाँचेको हरेक पल तिम्रो मायाको अनुभूतिमा रमाउँछु, र

हाम्रो प्रेमलाई यस्तै-यस्तै गरि सिंगो पूर्णाकार दिन्छु,

आऊ, अनुशासित प्रेम गरौँ।।

मलाई हेरेर टोलाउदा तिम्रो रसिलो आँखामा मैले आफुलाई पाएको छु,

परैबाट गरेको नमस्कारमा सामिप्यता भेटेको छु,

एउटाले अर्कोलाई छोयो भने प्रेमको फूलमा दाग लाग्छ,

ओइलाउँछ , झर्छ र अस्तित्व सकिन्छ ,

त्यसैले आँखाले बोलौँ, मनले महसुस गरौँ, अनुसासित प्रेम गरौँ ।

क्षितिजले जस्तै धरती सामुन्नेबाट आकाश छुन लागेकोजस्तो तर नछोईएको ,

यस्तै – यस्तै मीठो अनि अनौठो आभास गरौँ,

आऊ, अनुशासित प्रेम गरौँ ।।

न म कसैको हुँ न तिमी कसैका हौँ न त यो सन्सार कसैको हो केबल ,

यो दुनियाँ प्रेमको हो , आऊ , मन ओछ्याएर मुटु साटौँ,

सँगै नहुँदा पनी साथै हुन सकौँ,

बीना स्पर्श आपसी प्रेममा मातेर बैँस पोखौँ,

मन अघाउनेगरी हृदयसँग हृदय जोडौँ,

आऊ, अनुशासित प्रेम गरौँ ।।

सुमित्रा सुमीः बिदुर नगरपालिका नुवाकोट

ताजा

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal