कालीगण्डकी गाउँपालिकाद्वारा निशुल्क विद्युतीय चुल्हो वितरण


वालिङ,१२ साउन- कालीगण्डकी गाउँपालिकाले निशुल्क विद्युतीय चुल्हो वितरण गरेको छ । गाउँपालिकाले कार्यपालिकाको कार्यालय विर्घामा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय चुल्हो वितरण गरेको हो ।
चुल्हो वितरण गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आगामी तीन वर्षभित्र पालिकाले ४ हजार ७ सय घरधुरीमा निशुल्क विद्युतीय चुल्हो वितरण गरेर पालिकालाई ग्ँयास सिलिण्डर मुक्त बनाउने बताउनुभयो । अध्यक्ष थापाले आर्थिक वर्ष २०८१/०८२ मा निशुल्क विद्युतीय चुल्हो कार्यक्रम सम्पन्न गरी पालिकाकै विद्युत उपभोग गर्ने व्यवस्था सृजना गर्ने बताउनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, “पालिका बासीको भान्सालाई धुँवारहित बनाउँनेछौँ । ग्यास सिलिण्डर महंगो पनि हुने र दाउराको उपयोगले स्वास्थ्यमा समेत असर गर्ने भएकाले पालिकाले धुँवारहित भान्सा बनाउन लागि परेको छ ।” २०७९ को निर्वाचन पछि पालिकामा पदबहाली गर्दा नै ग्याँस सिलिण्डर मुक्त पालिका बनाउने उद्देश्यका साथ लागिपरेको भन्दै यसरी विद्युतीय चुल्हो वितरण गर्दा पालिकाको दुई करोड खर्च हुने बताउनुभयो । ग्याँस सिलिण्डरको विकल्पमा विद्युतीय चुल्हो प्रयोग गर्दा पालिकामा हरेक वर्ष ५ करोड बच्ने भन्दै यो कार्यक्रममा निश्चित मापदण्ड समेत रहेको भन्दै मापदण्ड पुगेकाले यसको निरन्तर उपभोग गर्न पाउने अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सावित्रा कोईरालाले गाउँपालिकाबासीको आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका आधारभुत आवश्यकता परिपुर्तिका लागि योजनावद्ध रुपमा लागिपरेको बताउनुभयो । ग्याँसको विकल्पमा विद्युतीय चुल्हो वितरण गरिएको भन्दै यो कार्यक्रमले महिलाहरुको स्वास्थ्यलाई राम्रो गर्ने उपाध्यक्ष कोईरालाले बताउनुभयो ।
जिल्लाको दुर्गम कणर्ाली मानिएको कालिगण्डकीको मुहार अहिले परिर्वतन भएको भन्दै नागरिकको भान्सालाई सहज बनाउन विद्युतीय चुल्हो वितरण गरिएको उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयका अनुसार विद्युतीय चुलो वितरणका लागि लाभग्राहीको घरको विद्युतीय पूर्वाधारको अवस्था सर्वेक्षण गरिसकिएको छ । कम्तिमा १६ एम्पिएर क्षमता बराबरको मिटर जडान र वाईरिङ भएका १ सय ६१ लाभग्राहीलाई पहिलो चरणमा चुल्हो वितरण गरिएको हो । लाभग्राहीको आवश्यकता अनुसार इन्फ्रारेड र इन्डक्सन दुबै प्रकृतिको विद्युतीय चुल्हो उपलब्ध गराइएको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र सावित्रा कोईरालाको यो दोस्रो कार्यकाल हो ।
उहाँहरुले विद्युतीय चुल्हो वितरण कार्यक्रम आफ्नो पहिलो कार्यकालमै शुरु गर्नुभएको थियो भने दोस्रो कार्यकालमा पालिकाबासी सबैलाई विद्युतीय चुल्हो वितरण गर्ने कार्यक्रमलाई निरन्तता दिएको हो । पालिकाले पालिकाबासीको न्युनतम विद्युत महशुल समेत तिरिदिएको छ भने चुल्हो राख्नका लागि आर्थिक अवस्था कमजोर भएकाहरुको विद्युतीय क्षमता कम भएकाहरुलाई भोल्टेज तथा पावर वृद्धि गर्न समेत पालिकाले नै सहयोग गरेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal