जुम्लामा नुन नपाएको भन्दै डिपोमा तोडफो
नेत्र शाही
जुम्ला,१ साउन- जुम्लामा नुन सहजै नपाएको भन्दै त्यहाँका स्थानीयले डिपोमा तोडफोड गरेका छन् । स्थानीयले अहिले पनि नुन वितरणमा सहज नभएको भन्दै लाईनमा लागेका व्यक्तिहरुले डिपोमा ढुङ्गामुढा गरेका हुन् ।
नेपाल साल्ट ट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भईरहेको समयमा नै ढुङ्गामुढा भएको जानकारी दिनुभयो । साउने संक्रान्तिको समयमा नून लिन आएका नागरिकले नुन सहज रुपमा नपाउँदा आक्रोस पोखेको स्थानीयले बताएका छन् । उनीहरुले सरकारले नागरिकलाई नुन समेत राम्रोसँग दिन नसकिरहेको आरोप लगाउँदै आएका छन् ।
नुनकाे कमिका कारण यसभन्दा पहिले हरेक लाईनमा लागेका व्यक्तिलाई ३ प्याकेट दिने गरिएको थियो तर यस पटक नुन थपिएपछि लाईनमा लागेका प्रति व्यक्ति ५ प्याकेट वितरण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले अब नुन वितरण प्रणाली वडाबाटै गर्नेगरी चाँडै काम अगाडि बढाईने जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नुनको अभाव खासै नभएको तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाई भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक रहेको छ ।
नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लका अनुसार खासै नुनको अभाव भएको छैन । उहाँले गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्विकृत भएपनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव नभएको बताउनुभयो । जुम्लाको सिंजा क्षेत्रमा कार्यालय स्थापना गरि लामो समयदेखि नुन वितरण भएको कार्यालयले जानकारी दिएको छ ।
जुम्लामा आर्थिक वर्ष २०७९।८० मा विभिन्न समयमा नुनका लागि भिड बढेको भन्दै पटकपटक स्थानीय तहमा नुन वितरण प्रणाली सुरु गर्न पहल भईरहेपनि स्थानीय प्रशासन, जनप्रतिनिधि, राजनैतिक दल र सरोकारवाला निकाय रमितेको रुपमा हेरिरहेका देखिन्छन् । गोप
ताजा
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
२०८३ श्रावण १६ गते, शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना
२०८३ श्रावण १४ गते, बिहीबार
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
२०८३ श्रावण १३ गते, बुधबार
पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि
२०८३ श्रावण १३ गते, बुधबार





















