आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा सञ्चालित तालिम सम्पन्न
वालिङ,१६ असार- वालिङ नगरपालिका १३ मा रहेको आँधिखोला बहुप्राविधिक शिक्षालयद्वारा सञ्चालित तालिम सम्पन्न भएको छ ।
शिक्षालयद्वारा वालिङ नगरपालिका स्थित घ्याङलिङमा रहेको शसस्त्र प्रहरी बलमा सिकर्मी तालिम र वालिङ नगरपालिका क्याम्पस रोड स्थित कुमाल समाजको हलमा सञ्चालित केश कर्तन तालिम कार्यक्रमको शुक्रबार समापन गरिएको हो । दुवै ठाउँमा सञ्चालित तालिम ६५ दिन सम्म सञ्चालन गरिएको थियो ।
सिकर्मी तालिम शसस्त्र प्रहरी बल घ्याङलिङको समन्वय र आँधिखोला बहुप्राविधिक शिक्षालयको आयोजनामा सम्पन्न भएको हो । तालिममा २० जना शसस्त्र प्रहरीको सहभागीता रहेको थियो । तालिम समापनको अवसरमा बोल्दै शसस्त्र प्रहरी बल घ्याङलिङका प्रमुख राजनलाल श्रेष्ठले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्दै तालिम सञ्चालन गरेर सशस्त्र प्रहरी बललाई सहभागी हुने अवसर दिएकोमा आँधिखोला बहुप्राविधिक शिक्षालयलाई धन्यवाद दिनुभएको थियो ।

यसै गरी कुमाल समाजको हलमा सञ्चालित केश कर्तन तालिमको पनि समापन गरिएको छ । तालिमको समापन समारोहमा बोल्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा प्रयोग गरेर स्वरोजगार बन्न आग्रह गर्नुभएको थियो ।
आँधिखोला बहुप्राविधिक शिक्षालयको आयोजना र इविक शाखा वालिङ र दियालो संस्थाको समन्वयमा सञ्चालित केश कर्तन तालिममा २० जनाको सहभागिता रहेको थियो ।
तालिमलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याएको भन्दै तालिममा सहभागी प्रशिक्षकका साथै प्रशिक्षार्थीहरुलाई आँधिखोला बहुप्राविधिक शिक्षालयका प्रमुख भुमहेश्वर रंजितकारले धन्यवाद दिनुभएको थियो ।
शिक्षालयका प्रमुख भुमहेश्वर रंजितकारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षालयका लेखापाल अशोक गैह्रे र कार्यक्रमको सञ्चालन शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडेलले गर्नुभएको थियो ।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















