फोनिज स्याङ्जाको आयोजनामा आधारभूत पत्रकारिता तालिम
वालिङ,१६ असार- वालिङ आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल आदिवासी पत्रकार महासंघ स्याङ्जाले आधारभूत पत्रकारिता सम्बन्धी तीन दिने तालिम शनिबारदेखि सुरु गरेको हो । वालिङ नगरपालिकाको सहयोगमा आयोजित पत्रकारिता तालिम वालिङ ६ मिर्दिमा सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खांँणले पत्रकारिताको बहुआयामिक महत्व रहेको बताउनुभयो । राज्यको चौथो अंग पत्रकारिता राज्यको चौथो अंग रहेकोले यसको महत्व बढि रहेको बताउनुभयो ।
जनजाति समुदायका युवापुस्तालाई गुणात्मक सहभागिताको लागि आयोजित पत्रकारिता तालिमले पत्रकारिताको क्षेत्रमा प्रदेश तथा केन्द्रीय तहसम्म प्रतिनित्व हुन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमलाई व्यवसायिक तथा व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले नगरस्थित आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेणर्ा गर्नका लागि विभिन्न कार्ययोजनाहरु ल्याएको नगरप्रमुख खाँणले बताउनुभयो ।
नेपाल अनेकतामा एकता भएको मुलुक हो । त्यसमा पनि आदिवासी जनजातिहरुको संस्कार र संस्कृतिको माध्यमबाट पर्यटनको संभावनाहरुलाई उजागर गर्न सकिन्छ नगर प्रमुख खाँणले भन्नुभयो ।
तालिमको पहिलो दिन फोनिज गण्डकी प्रदेश अध्यक्ष रुद्र श्रीस मगर, सुमन गुरुङ र फोनिजका जिल्ला सल्लाहकार गोपाल जिटीले प्रशिक्षण दिएका थिए ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















