फोनिज स्याङ्जाको आयोजनामा आधारभूत पत्रकारिता तालिम

वालिङ,१६ असार- वालिङ आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल आदिवासी पत्रकार महासंघ स्याङ्जाले आधारभूत पत्रकारिता सम्बन्धी तीन दिने तालिम शनिबारदेखि सुरु गरेको हो । वालिङ नगरपालिकाको सहयोगमा आयोजित पत्रकारिता तालिम वालिङ ६ मिर्दिमा सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खांँणले पत्रकारिताको बहुआयामिक महत्व रहेको बताउनुभयो । राज्यको चौथो अंग पत्रकारिता राज्यको चौथो अंग रहेकोले यसको महत्व बढि रहेको बताउनुभयो ।
जनजाति समुदायका युवापुस्तालाई गुणात्मक सहभागिताको लागि आयोजित पत्रकारिता तालिमले पत्रकारिताको क्षेत्रमा प्रदेश तथा केन्द्रीय तहसम्म प्रतिनित्व हुन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमलाई व्यवसायिक तथा व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले नगरस्थित आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेणर्ा गर्नका लागि विभिन्न कार्ययोजनाहरु ल्याएको नगरप्रमुख खाँणले बताउनुभयो ।
नेपाल अनेकतामा एकता भएको मुलुक हो । त्यसमा पनि आदिवासी जनजातिहरुको संस्कार र संस्कृतिको माध्यमबाट पर्यटनको संभावनाहरुलाई उजागर गर्न सकिन्छ नगर प्रमुख खाँणले भन्नुभयो ।
तालिमको पहिलो दिन फोनिज गण्डकी प्रदेश अध्यक्ष रुद्र श्रीस मगर, सुमन गुरुङ र फोनिजका जिल्ला सल्लाहकार गोपाल जिटीले प्रशिक्षण दिएका थिए ।
ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार