एमाले अध्यक्ष ओलीद्वारा वृक्षरोपण

काठमाडौँ,१४ असार-  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा वृक्षरोपण गर्नुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको कार्यक्रममा उहाँले बरको बिरुवा रोप्नुभएको हो ।

अध्यक्ष ओलीले वातावरण संरक्षणमा वृक्षरोपणको महत्व रहेको उल्लेख गर्दै वृक्ष र माववबीच अन्योन्याश्रिक सम्बन्ध रहेको बताउनुभयो ।

एमालेले आज देशभरि भण्डारीको ७२औँ जन्मजयन्ती मनाउँदै छ । दिउँसो राष्ट्रिय सभागृहमा मदन भण्डारी फाउण्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ । विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका भण्डारीको जन्म भएको हो ।

एमालेले साताव्यापी रुपमा भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उहाँको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal