शिक्षामा प्रभावकारी भूमीका खेल्छौ ः नगर प्रमुख भट्टराई
गल्याङ,१ असार- गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले शिक्षामा प्रभावकारी भूमीका खेल्ने बताउनुभएको छ ।
गल्याङ नगरपालिका द्वारा आयोजित नगर स्तरीय विद्यालय तहको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख भट्टराईले समग्र नगरको विकासमा शिक्षा क्षेत्रको महत्वपूणर् भूमिका हुनेभएकोले आगामी आर्थिक वर्षको लागि नगरपालिकाले शिक्षा क्षेत्रमा विशेष महत्वका साथ प्रभावकारी कार्यक्रमहरु सञ्चालनको लागि नगरपालिका लागि परेको बताउनुभयो ।
शिक्षालाई गुणस्तरीय, प्रभावकारी र सहज बनाउन शैक्षिक सामग्रीले महत्वपूणर् भूमिका खेल्ने बताउदै नगरप्रमुख भट्टराईले यसको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
खानेपानी, सिंचाई सडक निर्वाहमुखी भए हुने तर निर्वाहमुखी शिक्षाले शैक्षिक गुणस्तर बृद्वि नहुने भएकोले शिक्षाको गुणस्तर कायम गर्ने कार्यमा एक दिन पनि ढिला गर्न नहुने नगरप्रमुख भट्टराईको भनाइ थियो ।
शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.२ लेभभिता स्थित मगर भवनामा गल्याङ नगरपालिको आयोजनामा आयोजित गल्याङ नगरपालिका स्तरीय आधारभूत र माध्यमिक तह शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।

कार्यक्रममा गल्याङ नगर शिक्षा समितिका सदस्य चुरामणी पाण्डेले नगरपालिकाले शैक्षिक गुणस्तर बृद्विका लागि रचनात्मक र सिर्जनात्मक कार्यसंगै नयाँ नयाँ योजनाका साथ अगाडि बढेकोमा धन्यावद दिनु भयो ।
माध्यमिक तर्फ १६ विद्यालयहरुको सहभागिता रहेकोमा गणित, विज्ञान, समाजिक सबै विषयमा चिराग आवासीय माध्यमिक विद्यालय प्रथम, सार्वजनिक माध्यमिक गणित विज्ञान, सामाजिक विषयमा द्वितीय, नरोदय माध्यमिक विद्यालय विज्ञान र गणित विषयमा तृतीय,बज्रे भञ्ज्याङ्ग माध्यमिक विद्यालय सामाजिक विषयमा तृतीय हुन सफल भएको थियो ।
आधारभूत तह तर्फ ३८ विद्यालयको सहभागीता रहेकोमा गणित विषयमा प्रथम राधाकृष्ण आधारभूत विद्यालय, कोपिला आधारभूत विद्यालय द्वितीय र तृतीय हिमाञ्चल आधारभूत विद्यालय भएका छन ।
सामाजिक राधाकृष्ण आधारभूत विद्यालय प्रथम, कोपिला आधारभूत विद्यालय दोस्रो, लखन थापा आधारभूत विद्यालय तेस्रो भएका थिए ।
विज्ञान तर्फ कोपिला आधारभूत प्रथम, राधाकृष्ण आधारभूत विद्यालय दोस्रो, लखन थापा आधारभूत विद्यालय तथा हिमाञ्चल आधारभूत विद्यालय सान्त्वना भएका थिए । प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो हुने विद्यालयलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गल्याङ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गर्नु भएको थियो ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















