प्रधानाध्यापकसँग रुम टु रिडको समीक्षा बैठक सम्पन्न


वालिङ,३२ जेठ- प्रधानाध्यापकहरु सँग भएको रुम टु रिडको समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ ।
तालितमको समापनका अवसरमा बोल्दै सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले सामुदायिक विद्यालयहरुको शिक्षाको प्रारम्भिक चरण देखि नै गुणस्तको सुधारमा यो कार्यक्रमले महत्वपूणर् भूमिका खेल्ने बताउदै तालिममा सिकेका कुराहरुलाई पूणर्रुपमा प्रयोगमा ल्याएको अवस्थामा सामुदायिक विद्यालयको पठन संस्कृतिमा आमुल परिवर्तन आउने बताउदै आफुहरु विद्याललाई सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।
रुम टु रिड लागु भएका विद्यालयहरुमा आएको परिवर्तनले आफुहरुलाई उत्साहित बनाएको र यो कार्यक्रममा स्थानिय पालिकाहरुले समेत साझेदारी गर्ने अवस्थामा पुगेकोले कार्यक्रमको महत्व थप बढेर गएको बताउनुभयो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै सहभागी प्रअहरुको तर्फबाट चिरञ्जीवी लम्साल र सिर्जना गौडेल (न्यौपाने) ले रुम टु रिडको कार्यक्रम निकै महत्वपूणर् भएको र यो कार्यक्रम सञ्चालनमा आए सँगै आफुहरुमा काम गर्ने उत्साहा समेत बढेको बताउदै आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्ष राख्नुभएको थियो ।
रुम टु रिडको सहयोग सूर्योदय क्लबको ब्यवस्थापन र स्थानीय पालिकाहरुको साझेदारीमा विद्यालयहरुमा साक्षरता कार्यक्रम सञ्चालन हुदै आएको छ । रुम टु रिड कार्यक्रम ८ वटा पालिकामा सञ्चालनमा आएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिका गरि हाल ६८ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा एक र दुईका नेपाली भाषा विषय शिक्षकलाई तालिमका साथै पुस्तकालय व्यवस्थापन पढाइ क्रियाकलापमा सहजिकरण एवं प्रधानाध्यापकहरुका लागि तालिम सञ्चालन तथा विद्यार्थीहरुलाई शैक्षणिक सामग्री वितरणका साथै अनुगमन कार्यहरु हुदै आएको छ ।

कार्यक्रम सञ्चलनमा आए सँगै कक्षा एक र दुईका विद्यार्थीहरु नेपाली भाषाका किताबहरु सरसर्ती पढ्न सक्छने बानिको विकास हुनुका साथै पुस्तकालयबाट पुस्तकहरु घरमा लगेर पढ्ने वानीको विकास भएको छ । भने कक्षाकोठा, पुस्तकालय पठनपाठन संग सम्बन्धित विषय वस्तुहरुले सजिसजाउ हुदा विद्यार्थीहरुलाई पढाई प्रति थप आकर्षित गरेको छ ।

रुम टु रिड र कालीगण्डकी गाउँपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिका, भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका विच भएको सम्झौता अनुसार विद्यालयहरुमा साक्षरता कार्यक्रम सञ्चालन पश्चात २०७९ मा भएको सकारात्मक उपलब्धिहरु, कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौति तथा समाधानका उपायहरुको आदानप्रदान गर्ने, यस वर्षका मुख्य क्रियाकलापहरुको जानकारी गराउने उद्देश्यका साथ ४४ विद्यालयका प्रधानाध्यापकहरुसँगको समीक्षा तथा योजना बैठक सम्पन्न भएको छ । कार्यक्रममा ४४ जना प्रधानाध्यापकहरु सहभागिता रहेको थियो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal