पिपलसँगै ढल्यो मन पनि

चाँदनी हमाल

काठमाडौँ,३२ जेठ- पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो । उहाँले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सक्नुभएन । श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भन्नुभयो, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु ।” 

 वर्षौंदेखि छहारी दिँदै आएको पिपलको रुख मङ्गलबारदेखि स्थानीयको सम्झनामा मात्र रह्यो ।  वर्षौं अघिदेखि घरअघि ठडिएको पिपलसँग उहाँको परिवारको मात्र होइन, सिङ्गो समाजकै धार्मिक, सांस्कृतिक आस्थासँग जोडिएको थियो । उहाँका पितापुर्खाले कैयौँ सप्ताह र पुराण त्यही पिपल साक्षी राखेर लगाउनुभयो । त्यसै पिपललाई साक्षी राखेर छोराछोरीको धार्मिक अनुष्ठान पूरा गरिएको थियो । गाउँका ज्येष्ठ नागरिक त्यही पिपलमुनि बसेर गफिन्थे । घिमिरेले सबै कुरा अब बिलाएको गुनासो गर्नुभयो । 

उखरमाउलो गर्मीमा छहारी प्रदान गरेर साथ दिने वरपिपल, समीलगायतका बिरुवा अब गाउँघरका चोकबाट क्रमशः कटान हुँदै गएका छन् । सहरीकरण र विकाससँगै ती रुख नासिने क्रम बढ्दो छ ।

वनस्पतिविज्ञ रघुराम पराजुलीले अक्सिजनको मुख्य स्रोत मानिने पिपल अचेल घरबस्तीमा पाइन छाड्नु भाबी पुस्ताकै लागि चिन्ताको विषय रहेको बताउनुभयो । “गर्मी छल्न छहारीको विकल्पमा विद्युतीय पङ्खा, एसी आदि प्रयोग बढेको छ,” उहाँले भन्नुभयो, “उतिबेला वरपिपल र समीको चौतारीमा बस्न पाउँदा रमाइलो हुन्थ्यो । सबैको जमघटको थलो नै चौतारी हुन्थ्यो । तर विकासका नाममा तिनै वरपिपल मासिँदै गए ।”

गाउँघरमा रुख रोप्दा समृद्धि छाउने भएकाले तिनलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्थ्यो ।  ती चौतारीमा यात्रुले ज्यानसँगै मन बिसाउने थलो हुन्थ्यो। शीतलसँगै पानीको स्रोत तथा सिमसार संरक्षण हुन्थ्यो। धार्मिक मान्यता अनुसार वर र पिपललाई वरवधुका रूपमा मानिन्छ। वनस्पतिविज्ञ पराजुलीले गर्मीबाट आएका बटुवा एकछिन पिपलको बोटमुनि बसेमा थकान र तनावबाट पनि उन्मुक्ति पाउने बताउनुभयो। घरआँगन र वरपिपलका चौतारीको सट्टा होटल तथा पार्टी प्यालेसमा धार्मिक अनुष्ठान सम्पन्न हुँदा ती बिरुवासँग मानिसको सम्बन्ध टाढिँदै गएको छ। उहाँले भन्नुभयो, “मानिसलाई वरपिपलको शीतलभन्दा विद्युतीय पङ्खाको स्वाद मन पर्न थालेको छ।”

वन तथा माटो संरक्षण विभागका उपमहानिर्देशक नवराज पुडासैनीले वरपिपल, समी, सिमलजस्ता ठूला रुख वातावरणसँगै माटो जोगाउने आधार रहेको बताउनुभयो। वरपिपलको रुख बडेमानको हुन पाँच सयदेखि एक हजार वर्ष लाग्छ। एग्रो फरेस्ट्रीका नाममा केही वर्ष पहिले आयातित लहरेपिपल उपत्यकालगायतका स्थानमा लगाउने अभियान चलाइयो। तर रैथाने पिपलको तुलनामा कमजोर देखिएपछि रोकियो। 

उहाँले सार्वजनिक स्थानका रुखले जोखिम सिर्जना गरेमा वा भौतिक पूर्वाधार बनाउँदा काट्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै भन्नुभयो, “यी रुख सांस्कृतिक हुन् भनेर पुर्खाले सम्झ्यो तर अहिलेको पुस्ताले बिस्र्यो।” उहाँले मानिसको जीवनसँगै पारिस्थितिक प्रणालीको अन्य अङ्ग मानिने गौँथली, काग, सारौँ, भँगेरा, ढुकुरजस्ता चरा र साना कमिला, पुतली कीरा फट्याङ्ग्रा पनि वरपिपलको विनाशसँगै हराउन थालेको बताउनुभयो।गोप

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal