युएईमा २४ घण्टे बिमा लागू

सीता शर्मा

काठमाडौँ,३२ जेठ- संयुक्त अरब इमिरेट्स (युएई) मा श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिक दुर्घटनामा परे पनि चौबिसै घण्टाको बिमा दाबी गर्न सक्ने सहमति भएको छ । यसअघि युएईमा काम गर्ने नेपाली श्रमिकले काम गरेको समय (वर्क आवर) को मात्रै बिमा दाबी गर्न पाउँथे । 

नेपाल र युएई सरकारबिच यसअघि भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न बुधबार नेपाल–युएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्यसमूहको बैठकमा सोबारेमा सहमति भएको हो । नेपाल–युएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्यसमूहको बैठक नेपालको आयोजनामा बुधबार चन्द्रगिरि रिसोर्टमा सम्पन्न भयो । 

बैठकमा युएई सरकारले रोजगारीका लागि युएई जाने सबै आप्रवासी श्रमिकको २४ घण्टे बिमा समेट्नका लागि रोजगारदाता कम्पनीले अनिवार्य प्रतिश्रमिक पाँच दिराम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने व्यवस्था कार्यान्वयन गरिसकेको छ । त्यसबाट श्रमिकको २४ घण्टासम्मकै बिमा कभर हुने सो छलफलमा जानकारी गराइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि युएई सरकारले वर्क आवरमा श्रमिकको दुर्घटना भएमा मात्रै बिमा बेहोर्दै आएको थियो । रोजगारदाताले आफ्नोमा काम गर्ने श्रमिकलाई अनिवार्य सामाजिक सुरक्षामा आबद्ध गराउने व्यवस्थाले युएईमा रहँदा जुनसुकै बेला दुर्घटनामा परेमा बिमाबापतको रकम दाबी गर्न पाउने र यसको प्रत्यक्ष लाभ श्रमिकलाई हुने बताइएको छ । 

नेपालका तर्फबाट श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेल र युएईका तर्फबाट अस्टिेन अन्डर सेक्युरेटी अबदुल्ला लनुआइमीको नेतृत्वमा सम्पन्न बैठकमा यसअघि बैठकमा भएका समझदारी कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै द्विपक्षीय श्रम समझदारीमा व्यवस्था भएबमोजिम आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने सहमति भएको छ । 

बैठकमा नेपालले युएईसँग नेपाली श्रमिकले पाउने न्यूनतम तलब वृद्धि, मृत्यु हुने नेपाली श्रमिकको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था, जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरण तथा अलेखबद्ध रूपमा युएईमा रहेका नेपाली श्रमिकलाई आममाफी दिनुपर्नेलगायतका प्रस्ताव गरेको बैठकको नेतृत्व गर्नुभएका सहसचिव पोखरेलले जानकारी दिनुभयो ।  

उहाँका अनुसार कतिपय कानुनी व्यवस्थालाई श्रमिकमैत्री बनाउने गरी सुधार गर्नुपर्ने, युएईबाट फर्किएका श्रमिकलाई सामाजिक एकीकरण र श्रमिकको सिप विकासमा सहयोग लिनेलगायतका विषयमा नेपालले प्रस्ताव गरेको छ । श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितताका लागि पनि युएईसँग प्रस्ताव गरिएको सहसचिव पोखरेलले जानकारी दिनुभयो । 

बैठकमा अस्टिेन अन्डर सेक्युरेटी अबदुल्ला लनुआइमीले घरेलु श्रमिकलाई युएई जान दिने गरी खुला गर्नुपर्नेसहितका मुद्दालाई आफ्नो प्रमुख मुद्दा बनाउनुभयो ।गोप

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal