वालिङमा लम्पी स्किनबाट बचाउन गाईभैँसीलाई भ्याक्सिन


वालिङ,२८ जेठ- वालिङमा पशुमा लाग्ने रोग लम्पी स्किन देखिएपछि रोग विरुद्ध भ्याक्सिन लगाईएको छ । देशका विभिन्न जिल्लाहरुमा फैलिएको लम्की स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरुमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भईरहेको छ ।
गाईगोरु तथा भैँसीहरुका लागि लम्पी स्किन रोग विरुद्ध लम्की शील्ड एन भ्याक्सिन लगाईएको छ । वालिङमा पहिलो पटक सुकौँदीमा रहेको गौशालाका गाईहरुमा लम्की स्किन देखिएको थियो ।
गौशालामा रहेका करिव १५ गाईहरुमा लम्की स्किनको लक्षण देखिएपछि १० ओटा गाईहरुको नमुना परिक्षणका लागि क्षेत्रिय पशु तथा अनुसन्धान पोखरामा पठाईएको थियो । अनुसन्धानले गौशालाका ४ गाईहरुमा लम्पी स्किन पुष्टी गरेपछि यसविषयमा कृषकहरुलाई जनचेतना जगाउने र स्वस्थ पशुहरुमा भ्याक्सिन लगाउने कार्य गरिएको वालिङ नगरपालिका पशुसेवा शाखा प्रमुख लेखनाथ अर्यालले बताउनुभयो ।

अहिले गौशालामा लम्पी स्किन देखिएका गाईहरु निको भएका छन् । त्यस्तै वडा नं. ९, १२, १४ र ५ मा समेत लम्पी स्किन देखिएपछि नगरपालिका पशुसेवा शाखाले विभिन्न संचार माध्यमबाट जनचेतना जगाउने तथा विभिन्न तालिमका अवसरहरुमा यससम्बन्धी कृषकहरुलाई सचेत गराउने गरिएको प्रमुख अर्यालले बताउनुभयो । नगरपालिकाले २५ सय डोज भ्याक्सिन किनेर अहिले धमाधम पशुरुमा खोप लगाउने कार्य गरिएको उहाँले जानकारी दिनुभयो ।
लम्पी स्किनबाट बच्न भ्याक्सिन मात्रै एक विकल्प हो । शुरुमा नगरपालिकाका १४ वटै वडामा पुगेर व्यवसायिक फर्महरुमा खोप लगाईएको प्रमुख अर्यालले बताउनुभयो । यो भ्याक्सिन रोगको लक्षण देखिएका गाईगोरुमा भने लगाउनु हुँदैन । अव वडा नं. ८ का केही फर्म र १ को केही फर्महरु बाँकी रहेकाछन भने अन्य व्यवसायिक फर्महरुमा रहेका गाईगोरु तथा भैँसीलाई खोप लगाईएको छ ।

प्रमुख अर्यालले भन्नुभयो, ‘आईतबार वडा नं. ४, ५ र ११ का कृषकहरुको घरघरमा रहेका पशुहरुमा खोप लगाईएको छ । कृषि प्राविधिकहरुले कृषकहरुलाई रोग सम्बन्धी जानकारी गराउँदै पनि आउनभुएको छ ।’ यो रोग लागेमा पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलिने, दुध दिन छाड्ने र अन्तमा पशुको मृत्यु समेत हुन सक्छ ।
पशुहरुमा यस्ता लक्षण देखिएमा उक्त पशुलाई अलग राख्ने, मान्छेको आवातजावात रोक्ने र तुरुन्त वडा कार्यालय, नगरपालिका तथा पशुसेवा शाखा कार्यालय वा सम्बन्धीत निकायलाई खबर गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

लम्पी स्किन रोगवाट वालिङ नगरपालिका भित्र हाल सम्म १ सय ५० वटा पशुहरु सक्रमित भएका छन । हालसम्म ८ सय वटा पशुहरुलाई यो रोगको भ्याक्सिन लगाउने काम सम्पन्न भईसकेको छ । व्याबसायिक फार्मका गाई भैसी लाई पहिलो प्राथमितामा राखी भ्याक्सिनेशन गरिएको हो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal