प्रेस युनियन स्याङ्जाकाे अध्यमा बगाले चयन
वालिङ,२७ जेठ- नेपाल प्रेस युनियन स्याङ्जाको अध्यक्षमा तोलाकान्त बगाले चयन हुनुभएको छ । वार्षिक साधारण सभा एवं नवौं अधिवेशनबाट प्रेस युनियनले बगालेको नेतृत्वमा निर्विराेध १५ सदस्यीय कार्य समिति चयन गरेकाे हाे।
समितिको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मी रहनुभएको छ भने सचिव र काेषाध्यक्षमा क्रमस शंकर सुवेदी र हिमाल न्यौपाने चयन हुनुभएको छ।
यसैगरी युनियनले अधिवेशनकाे अवसरमा युनियनमा आवद्ध ६ जना पत्रकारलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेकाे छ।
सम्मानित हुनेहरुमा प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यसैगरी प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ भने खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने,रुद्र जमुना शैक्षिक प्रतिस्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कार राम प्रसाद भट्टराई लाई प्रदान गरिएकाे प्रेस युनियन स्याङ्जाले जनाएकाे छ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















