वालिङ १२ मा विद्यार्थीलाई ठेउलाको संक्रमण


वालिङ,२५ जेठ- वालिङ नगरपालिका १२ सिर्सेकोट कोखेमा विद्यार्थीलाई ठेउलाको संक्रमण देखिएको छ । विद्यार्थीहरुमा एउटै खालका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वोरो आउने समस्या देखिएको थियो । विगत ५/६ दिनदेखि विद्यार्थी तथा समुदायका व्यक्तिलाई समेत गरी धेरै संख्यामा संक्रमण देखिएपछि जनस्वाथ्य कार्यालय, गह्रौ अस्पताल वालिङका स्वास्थ्यकर्मीकोे टोलीले परिक्षण गरी औषधी प्रदान गरेका थिए । शुरुमा एकदुई जना हुँदै विद्यालयका २० जना विद्यार्थीलाई समेत संक्रमण देखिएको हो ।

धेरै संख्यामा एकैपटक विद्यार्थी र समुदायका अन्यमा समेत संक्रमण देखिएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधिहरु समेत सिर्सेकोट पुगेका थिए । उक्त टोलीले संक्रमणको नमुना परिक्षणका लागि स्वाब तथा रगत संकलन गरी लगेका छन् । लक्षण अनुसार ठेउला भएको प्रारम्भिक चरणले देखाएपनि धेरै संख्यामा देखिएकाले नमुना परिक्षणका लागि काठमाडौ लगिँदैछ । रोग सरुवा भएकाले सामाजिक दुरी कायम गरी हावाबाट बच्न आग्रह गरिएको छ । समुदायमा सचेतना लगाउने, सावधानी अपनाउन आग्रह गरिएको वालिङ नगरपालिका स्वास्थ्य साखाप्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । विद्यालय शुक्रबारसम्मका लागि बन्द गरिएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal