फेदीदखोलामा असिनाले कृषिबाली नष्ट


कला राना
वालिङ,२१जेठ- फेदीखोलामा असिनाले क्षति गरेको छ । शुक्रबार दिउँसो परेको असिनाका कारण फेदीखोला गाउँपालिकाका केहि वडाहरुमा अन्नबालीका साथै तरकारी बाली र फलफुलमा क्षति पुगेको हो ।

असिना तथा हावाहुरीका कारण बतिला लागिरहेका सुन्तला, कागतीका बोटमा क्षति पुगेको छ भने फलिरहेका बेमौसमी तरकारी र लहरेबालीमा समेत क्षति भएको त्यहाँका कृषकहरुले बताएका छन् । त्यस्तै कफिखेति, मकैखेति लगायतमा क्षति पुगेको छ । फाल्गुनको अन्तिममा छरेको मकैले मुखैमा धानचमर लिएका बेला असिनाले चुटेपछि मकै उत्पादनमा क्षति पुगेको भन्दै कृषक चिन्तित बनेका छन् ।

फेदीखोला गाउँपालिका वडा नं. ४ अधिकांस भाग, १ का केहि भाग र २ मा असिनाले क्षति गरेको हो । वडा नं. ४ का कृषक शिवप्रसाद सुवेदीले सुन्तला, कागती खेति, नर्सरी र मकैबालीमा क्षति पुगेको बताउनुभयो । वडामा प्रतिव्यक्ति न्युनतम १ लाख देखि ४ लाख सम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाका कृषि प्राविधिक समेत रहनुभएका सुवेदीका अनुसार धानचमर निकालेका मकैले उत्पादन दिन नसक्ने हुँदा कृषक मर्कामा परेका छन् । साना मकै फेरि आउन सक्ने भएपनि धानचमर निकालेका मकैमा असिनाले चुट्दा उत्पादन लिन सक्ने संभावना न्युन रहेको प्राविधिक सु्वेदीको भनाई छ ।

वडा नं. ४ का वडा अध्यक्ष ख्यामनारायण पौडेलका अनुसार वडामा ३ देखि ५ करोडसम्मको क्षति भएको छ । असिनापानीसंगै हावाहुरीका कारण, अन्नबाली, नगदेबाली, फलफुल, तरकारीमा क्षति पुगेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । वडामा करिव ५ सय घरधुरीको कृषिबालीमा असिनाका कारण क्षति हुँदा उक्त क्षति भएको हो । वडामा ७० प्रतिशत कृषिबाली असिनाले नष्ट गरेको छ ।

त्यस्तै हावाहुरीका कारण, घरगोठका छानाहरुलाई समेत क्षति गरेको छ । वडामा कृषिबालीमा भएको क्षतिबारेमा स्थगगत अनुगमन भईरहेको भन्दै वडाको तथ्यांक संकलन गरी पालिका, कृषि ज्ञान केन्द्र तथा सम्बन्धीत संस्थाहरुमा कृषकको राहतका लागि रिर्पोट गरीने उहाँले बताउनुभयो । आर्थिक वर्षको अन्तिम समयमा यस्तो विपत्ति परेका कारण वडामा धेरै संख्यालाई दिन सक्ने राहत नभएको भन्दै पालिका तथा अन्य सम्बन्धीत कार्यालयहरुबाट कृषकलाई राहत जुटाउने वडा अध्यक्ष पौडेलको भनाई छ ।
शुक्रबार स्याङ्जाका कोहि भागमा पानी परेपनि पश्चिम क्षेत्रमा भने पानी नपर्दा कृषकहरु मर्कामा परेका छन् । पानी नपर्दा तापक्रम समेत बढेको र तरकारी तथा मकैबाली सुक्न थालेका छन् भने गर्मीले जनजिवन प्रभावित बनेको छ ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal