आँधिखोला बहुप्राविधिक शिक्षालयमा सञ्चालित डकर्मी तालीम सम्पन्न
वालिङ,१५जेठ- वैदेशिक रोजगार बोर्डको सचिवालको आर्थिक सहयोग र आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ नगरपालिका १३ को आयोजनामा सञ्चालित एक महिने डकर्मी तालीमको सम्पन्न भएको छ ।
एक महिना सम्म सञ्चालन गरिएको तालीममा देशको बिभिन्न भागमा रहेका शसस्त्र प्रहरीको गुल्मबाट २० जना सुरक्षा कर्मीको सहभागिता रहेको थियो ।

तालीम समापनको अवसरमा बोल्दै गण्डकी प्रदेश शसस्त्र प्रहरी बल प्रमुख कालिदास धौवजीले तालीममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान आग्रह गर्दै तालीमले मानिसलाई सैद्धान्तिक ज्ञानका साथै ब्यवहारी कुराहरु समेत जान्ने मौका प्रदान गरेकोले यसको राम्रो संग उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आँधिखोला बहुप्राविधिक शिक्षालयका प्रमुख भुमहेश्वर रंजितकारले तालीममा सिकेका कुराहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा गएर प्रयोगमा ल्याउने कुराको अपेक्षा राख्दै लामो समय सम्म तालीमा सहभागि भएकोमा धन्यवाद दिनुभएको थियो ।
तालीम समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालीममा ईन्जिनियर गणेश तिमिल्सिना, कृष्ण गैह्रे र सन्तोष पौडेले प्रशिक्षण दिनुभएको थियो भने तालीममा प्रशिक्षार्थीको रुपमा शसस्त्र प्रहरीका २० जना सुरक्षा कर्मीको सहभागिता रहेको थियो ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















