संस्कृत भाषाकाे संरक्षणमा विश्व हिन्दु युवा संघ स्याङ्जा
वालिङ,१४ जेठ- विश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा संस्कृत भाषाको महत्त्व, संरक्षण र प्रचारप्रसार सम्बन्धि अन्तरकृया एंव भित्ते पात्राे बिमोचन कार्यक्रम सम्पन्न भएको छ।
छाँयाछेत्र मन्दिर छाङ्छाङ्दीमा भएकाे भित्ते पात्राे बिमाेचन कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलले गर्नुभएकाे थियाे।
कार्यक्रममा प्रमुख अतिथि भीरकाेट नगरपालिकाका नगर प्रबक्ता दिपेन्द्र केसिले संस्कृत भाषाको ठूलो महत्त्व रहेको र यसको बारेमा बुझ्न अब ढिला गर्न नहुने कुरा बताउनुभयाे।केसिले भन्नुभयाे “संस्कृत भाषाकाे महत्व बुझ्न नसक्दा नेपाल पछाडि पर्याे, अब यसका बारेमा सबैले बुझ्नुपर्छ।”

आफ्नो मौलिक परम्परा ,धर्म ,संस्कृतिको जगेर्ना गर्ने कार्यमा लागेर विश्व हिन्दु युवा संघ स्याङ्जाले उदाहरणिय कार्य गर्दै गरेकाे भन्दै युवाहरुकाे प्रशंसा समेत केसिले गर्नुभयाे। भित्ते पात्राे मार्फत हिन्दु धर्म, संस्कृति र परम्पराकाे प्रचारप्रसारमा सहयाेग पुग्ने विश्व हिन्दु युवा संघ स्याङ्जाले विश्वास लिएकाे छ।
कार्यक्रममा अध्यक्ष नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले गरेका कार्यहरुको बारेमा जानकारी गराउदै संस्कृत भाषालाई हामीले पुजा पाठको रुपमा मात्रै नहेरीे बिज्ञान र धेरै कुराहरुको आविष्कार भएको कुरा संग जाेडेर हेर्नुपर्ने बताउनुभयाे।

कार्यक्रममा बाेल्ने बक्ताहरुले सबै सभ्यताको मुल विषय भनेको नै संस्कृत भएको र पुर्बिय दर्शनको आधारमा चल्नु पर्ने कुरामा जोड दिनु भएको थियो।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















