रामपुरमा महिलालाई बाख्रा उपहार


वालिङ,११ जेठ– पाल्पाको रामपुरमा महिला दिदी बहिनीहरुलाई बाख्रा उपहार स्वरुप हस्तान्तरण गरिएको छ ।
रामपुर नगरपालिका २ तिलिङडाँडाका महिला दिदी बहिनीहरुलाई बुधबार बाख्रा उपहार दिइएको हो । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत मूल समूहद्वारा बाख्रा उपहार दिइएको हो ।
बाख्रा उपहार हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उपहार स्वरुप प्राप्त बाख्राको सही सदुपयोग गरी व्यवसायिक रुपमा बाख्रा पालनमा लाग्न आग्रह गर्नुभयो । उहाँले व्यसायिक रुपमा बाख्रा पालन गरेमा नगरपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।
नगर प्रमुख थापाले बैंकबाट ऋण लिएर व्यवसायिक फर्म सञ्चालन गर्नेलाई नगरपालिकाले व्याज तिरिदिने समेत जानकारी दिनुभयो । उहाँले व्यक्तिगत वा सामुहिक रुपमा फर्म दर्ता गरेर व्यवसायिक बाख्रापालन गरी नगरलाई मासुमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो । साथै नगर भित्रका कृषि तथा पशु उत्पादनको बजारिकणका लागि नगरपालिकाले सहजिकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उपहारको रुपमा पाएको बाख्राबाट बढि भन्दा बढि उत्पादन गरेर उदाहरणीय बन्न नगर प्रमुख थापाले आग्रह गर्नुभयो ।
रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा चौतलादेवि स्वाबलम्बन महिला समूहले कृष्ण देवि स्वाबलम्बन महिला समुूहका दिदीबहिनिहरुलाई १८ वटा बाख्रा हस्तान्तरण गरिएको जनाइएको छ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal