शुन्य भयो डाँडैको चौतारी, सम्झी रुने बनायो मायाँ पापीले…


गोपाल जिटी

वालिङ,१४ चैत- “डोरीको तीन फुँदा, शुन्य भयो डाँडैको चौतारी निरकमल नहुँदा”…..
यो हो ज्याग्दीखोले कान्छो राजेन्द्र लम्साल क्षत्रीको कुनै समयको चर्चित लोकगीत । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नम्वर ६,गैरीमा २०२० साल चैत्र २० गते जन्मनुभएका क्षत्री सानैदेखि गीत संगीत र अभिनयमा रुचि राख्नुहुन्थ्यो ।

क्षत्री तीन बहिनीका एकल दाजु हुनुुहन्थ्यो । उहाँकी आमा तीलकुमारी क्षत्री हुनुहुन्छ भने बुबा दिलबहादुर स्वर्गीय भैसक्नुभएको छ । क्षत्रीका शशि लम्साल र रामकुमारी गरी दुई श्रीमती हुनुहुन्छ भने, शन्देस, सागर र सम्राट गरी तीन छोरा र एक छोरी ( सचिता ) छन् । सागर लम्साल “बले” चर्चित हास्य कलाकार हुन् ।

प्रायजसो बज्ने र स्रोताहरुको रोजाइमा निकै फर्माइसमा पर्ने गीत हो क्षत्रीको आवाजमा रेडियो नेपालमा गुञ्जने लोकगीत “डोरीको तीन फुँदा, शुन्य भयो डाँडैको चौतारी निरकमल नहुँदा ।”

निरकमल नहुँदा डाँडैको चौतारी मात्र होइन, आज नेपाली लोक दोहोरी क्षेत्रमै शुन्यता छाएको छ । यही चैत ३ गते ब्रम्हलिन हुनुभएका क्षत्रीको आज १३ औं दिन हो । उहाँको त्यो सुरिलो आवाज अब भौतिकरुपमा रहेन, मात्र रेकर्डमा सीमित रह्यो । गायक धेरैजना बन्न सकिएला तर जन जन र मन मनको गायक बन्नु ठूलो कुरा हो । क्षत्रीका यस्ता दर्जनौं लोकगीत छन्, प्राय सबैजसोले स्रोताहरुको मन जितेका छन् । उहाँको सुरिलो आवाज भरिएका गीत जति सुन्यो सुनिरहुँ लाग्छन् ।

जब उहाँका गीत बज्न थाल्छ, तब स्रोताहरुलाई मन्त्रमुग्ध पार्दछ । क्षत्रीको स्वरमा भएको सुरिलोपन र कणर्प्रियताले जो कसैलाई पनि आनन्दित पार्दछ । गीत संगीतको मज्जा लिन सकिने जादुमय माधुर्यता उहाँका विशेषता हुन् ।

उ बेलाका स्टेज कार्यक्रममा उहाँको प्रस्तुति जब सुरु हुन्थ्यो, दर्शकहरु झुम्मिन्थे । क्षत्रीको उपस्थिति छ भन्ने थाह हुने बित्तिकै दर्शकहरुको ओइरो लाग्ने गथ्र्यो । उहाँका आवाजमा सजिएका तिनै गीतहरु हिजो जति प्रिय लाग्थे आज पनि उस्तै लाग्छन् र भोलि पनि उत्तिकै प्रिय रहने छ ।
स सानो जमघट नै किन नहोस् रङ्ग रमाइलो लागि गीत संगीतको सहारा लिने गरिन्छ । अरु गीतमा नाच्ने र गाउने गरेपनि एक पटक क्षत्रीका गीत गाउने र नाच्ने गरेपछि मात्र त्यो रमाइलो र जमघटले पूणर्ता पाएको आभास गराउँछ ।

क्षत्रीका गीत र कलाले धेरैको मन जितेपनि उहाँले भने हार्नुभयो । क्षत्रीले मात्र होइन एकदिन तपाईं हामीले पनि यो संसारबाट एकदिन हार स्वीकार गर्नुपर्छ, जुन प्रकृतिको नियम नै हो, कुनै पनि हालतमा टार्न सकिदैन । मृत्यु वरणपछि पनि आम नागरिकको बीचमा जीवित रहन सक्नुले ठूलो महत्व राख्दछ । क्षत्रीको भौतिक शरीर यो संसारमा अब रहेन तर उहाँको कणर्प्रिय आवाजमा सजिएका ती कालजयी लोकगीत नेपाली जन जनमा अमिट छाप रहने छ । यो नै उहाँको अदृष्य सजीव स्वरुप हुनेमा दुईमत छैन ।
क्षत्रीका चर्चित लोक तथा दोहोरीगीतहरुः
ताला चापीले, सम्झि रुने बनायो मायाँ पापीले सानु मायाँ पापीले
ज्याग्दी खोलाको किनारै बसेर, बल्छी खेलेर जाऔंला माछी मारेर फुर्लुङ भरेर
कुटु मा कुटु सुपारी दाना खाम त भने सारो छ…..,
खोली रसायो, खोली रसायो कुन फूल फुलेछ हो वनै बसायो
राइनास कोटको भीर, कलिलै जोवानमा पर्‍यो साह्रै पीर
पीर पर्‍यो ज्यादी, पीर पर्‍यो ज्यादी टाढै पर्‍यो मादि र मस्र्याङ्दी
भीरको टुनि हो, जे हुने भैसक्यो किन रुने हो
डोरीको तीन फुँदा….,
सीरमा रिवन सलको पछ्यौरी, हिरा जस्तो स र र र छ तिम्रो मुहार अब मैले बिर्सुं कसोरी
निलो पछ्यौरी, सुन मायाँ भेट भा को आजै हो बोलाउँ कसोरी
जापान टोकियो, मैले चिट्टी पठा कै थिएँ नि कता रोकियो
हावा सरर, जिन्दगी यस्तै हो मायालु नरोउ ध र र
बढ्यो आँधि छोड्यो सेति दोभान वित्यो जोवान
वालिङ फिरफिरे, दुई दिनको मायाँले चिर्नु दिल चिरे

स्रोताहरुको रोजाइमा रेडियो नेपालको फर्माइस गीतको सूचिमा परिहने र अडियो क्यासेटको जमानामा प्रसिद्धि कमाएका उल्लेखित गीतहरु हुन् ।
अब उहाँका उनै गीत स्मरण गर्दै मन बुझाउनुको बिकल्प रहेन …. सम्झी रुने बनायो मायाँ पापीले,…..जे हुने भैसक्यो किन रुने हो…..।
हार्दिक श्रद्धा सुमन….

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal