रामपुरमा चप्पल बनाउने तालीम
वालिङ,१४ चैत- पाल्पाको रामपुर नगरपालिकाले महिलाहरुका लागि चप्पल बनाउने तालीम प्रदान गरेको छ । महिलाहरुलाई सिप सिकेर उद्यमी बनाउने उद्देश्यले तालीम प्रदान गरेको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नम्बर ९ मा ६ दिने चप्पल बनाउने तालीम सञ्चालन गरेको हो । मंगलबार तालीमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भर संगै आर्थिक समृद्धि हुने बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले तालीमबाट प्राप्त ज्ञान र सिपको उच्चतम प्रयोग गरी व्यावसायी बन्न आग्रह गर्नुभयो । उद्यमी बनी चप्पल उत्पादनमा लाग्न आग्रह गर्दै उहाँले बजारीकरण र प्रचार प्रसारमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
रामपुर ९ जब्गादीमा सञ्चालित तालीममा १९ जना महिलाहरुको सहभागिता रहेको थियो ।
ताजा
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार





















