पुतलीबजारमा वित्तिय साक्षरता तालिम सम्पन्न


स्याङ्जा,२२ फागुन– पुतलीबजार नगरपालिकामा वित्तिय साक्षरता लातिम सम्पन्न गरिएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडीपीको आर्थिक एवं प्राविधिक सहयोग र सूर्योदय क्लब स्याङ्जाको व्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल” परियोजना अन्तगरत वित्तिय साक्षरता तालिम गरिएको हो ।

कार्यक्रममा वित्तिय साक्षरता आजको आवश्यकताका बारेमा मुक्तिनाथ विकास बैंङ्क स्याङ्गजा शाखा प्रमुख दिनेश गुरुङ र सन्तोष ढकालले आम्दानी गरेको रकम कसरी र किन बचत गर्नुपर्छ, बचत केका लागि भन्ने कुराहरुका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । बजेट अनुसारको योजना बनाएर खर्च गर्ने बानीको विकास गर्नुका साथै आर्थिक कारोबार गर्दा बैङ्किङ प्रणाली र कियूआर कोड मार्फत गर्न सुझाव दिइएको थियो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका कार्यबहाक नगरप्रमुख मनोज पौडेलले तालिमले सहभागिहरुलाई घरमै बसेर पनि आर्थिक कारोबार गर्न सकिन्छ भन्ने कुराको जानकारी दिनुका साथै यसको प्रयोगमा सहयो पुर्याउने विश्वास ब्याक्त गर्दै भौगोलिक हिसाबले समस्यामा परेकाहरुलाई कियूआर कोड मार्फत कारोबार गर्दा अझ सहज हुने कुरा बताउनुभयो ।

कार्यबहाक नगरप्रमुख मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन परियोजनाको प्रशासन तथा कम्प्यूटर सहायक कमला रोका गोदारले गर्नु भएको थियो भने कार्यक्रममा पुतलीबजार नगरपालिका भित्रका ३४ जना लाभग्राहीहरुको सहभागिता रहेको थियो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal