तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला सुरु
रामपुर,२८ माघ– रामपुर उद्योग वाणिज्य संघको आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा भएको तेस्रो रामपुर महोत्सवको पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
महोत्सवको उद्घाटन गर्दै आचार्यले तीन तहको सरकारले समन्वय र सहकार्य गरेर विकास निर्माणको काम गर्नुपर्ने बताउनुभयो । सबैको सहयोग र हातेमालोले मात्रै रामपुरको विकास हुने बताउदै उँहाले यो क्षेत्र समग्र विकासको लागि आफु लागि पर्ने समेत बताउनुभयो ।
रामपुर नगरपालिकालाई बृहत्तर नगरपालिका बनाउने भनियतापनि तालमेल नमिल्दा केही विकासमुलक काममा समस्या परिरहेको बताउनुहुदै प्रतिनिधि सभा सदस्य आचार्यले बिगतका कमि कमजोरीलाई मनन गर्दै विकासमुलक कार्यमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

रामपुरको शान्ति सुरक्षालाई मध्यनजर गर्दै डिएसपि सहितको दरबन्दीको प्रक्रिया अगाडि बढेको र यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, विकास निर्माण, उद्योग विस्तार र विकासका लागि सधै लागिपर्ने आचार्यको भनाइ थियो । लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले व्यापार मेलाबाट आर्जन गरेको रकमले बहुउद्देश्यीय भवन निर्माण गरिनुपर्नेमा जोड दिनुभएको छ । उँहाले कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग संग रामपुर जोडिएकाले साना कुटिर उद्योग मात्रै नभई ठुला उद्योग व्यावसाय संचालन गरेर यँहाको आर्यआर्जन बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय स्तरका विभिन्न कला संस्कृति सहितको झाकीहरु समेत प्रदर्शन गरिएको थियो ।
ताजा
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार





















