कृषकको साथमा नगरपालिका छ ः नगरप्रमुख खाँण


वालिङ,२८ माघ– वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाँणले कृषकको साथमा नगरपालिका रहेको बताउनुभएको छ ।
नगरप्रमुख खाँणले कृषकको साथमा नगरपालिका रहेकोले ढुक्क भएर कृषि कर्ममा लाग्न आग्रह गर्नुभयो । कृषि प्रधान मुलुकमा कृषिको विकासले नै देशमा समृद्धि ल्याउन सकिने भएकाले कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणाका लागि नगरपालिकाले सहकार्य गर्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
शुक्रबारदेखि वालिङ ६ मा एकिकृत सत्रुजिव व्यवस्थापन आईपिएम कृषक पाठशालाको उद्दघाटन गर्दै नगरप्रमुख खाँणले यस्तो बताउनुभएको हो । प्रदेश सरकार कृषि, उर्जा तथा जलस्रोत मन्त्रालय कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा आयोजित आईपिएम कृषक पाठशालामा कृषकले बिजारोपण देखि फलाउने सम्मका कार्यमा तालिम दिइनेछन् ।
आईपिएम कृषक पाठशालामा सहभागि बनौँ, बाली व्यवस्थापन दक्षता हासिल गरौँ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नगरप्रमुख खाँणले भन्नुभयो, ‘वास्तविक कृषकहरुको साथमा हामी छौँ । व्यवसायिक रुपमा कृषि कर्ममा लाग्नुछ । आवश्यक प्राविधिक तथा बजारीकरणको लागि हामी सहयोग गछौँ ।’
तालिममा लिएका सिपहरुको उपयोग गरी व्यवसायिकतामा लागेका कृषकलाई नगरले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो । विभिन्न निकाय तथा संघसंस्थाहरुबाट तालिम लिएपछि सके व्यवसायिक नसके घ¥यासी प्रयोजनकै लागी भएपनि उत्पादनमा लाग्न आग्रह गर्दै नगरप्रमुख खाँणले सिपलाई मर्न दिन नहुँने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले तालिमको भरपुर उपयोग गरी सिप सिक्न सहभागिलाई आग्रह गर्नुभयो । ६० जना कृषकहरुको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षकका रुपमा लालप्रसाद पंगेनी रहनुभएको छ ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal