सिर्सेकोटको छापमा जीप दुर्घटना हुदा एक घाईते
वालिङ,२३ माघ– वालिङ नगरपालिका १२ छापमा जीप दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सिर्सेकोट बायाँटारी ग्रामीण सडक खण्डको छापमा आज दिउँसो लु १ ज २५३६ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका १२ छाप बस्ने ३४ वर्षीय विजय गोतामे घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
अकलादेवी मन्दिरको दर्शन गरेर फर्किदै गरेको जीप अनियन्त्रित हुदा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ५ जना सवार रहेको र अन्य यात्रुहरु सामान्य रहेपनि टाउको र अनुहारमा चोट लागेर घाईते भएका गोतामेलाई वालिङ प्राथमिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
जीपमा सवार अन्य यात्रुहरुलाई केही नभएको र जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















