मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

संविधान प्रदत्त मानवअधिकारको पूर्ण कार्यान्वयन गर्न आग्रह, गणेश नेपालीप्रति श्रद्धाञ्जली तथा सुकुम्बासी होल्डिङ सेन्टरको अवस्थाप्रति चिन्ता व्यक्त

स्याङ्जा,२९ असार– राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स) जिल्ला कमिटी स्याङ्जाले आफ्नो २७औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

कार्यक्रममा मानवअधिकार एलायन्स गण्डकी प्रदेश इन्चार्ज अनन्तकुमार श्रेष्ठले नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार नै मानवअधिकार भएकाले त्यसको संरक्षण, सम्मान र कार्यान्वयन गर्नु नेपाल सरकारसहित सबै सरोकारवालाको साझा दायित्व भएको बताउनुभयो। उहाँले मानवअधिकार एलायन्सले मानवअधिकारको संरक्षण, प्रवर्द्धन, मानवअधिकार रक्षकहरूको परिचालन तथा क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा हालै आत्मदाहबाट मृत्यु वरण गरेका गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

कार्यक्रममा भूमिहीन सुकुम्बासीहरूका लागि सञ्चालन गरिएको होल्डिङ सेन्टरमा भएको दुर्व्यवहार तथा दयनीय व्यवस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसको सुधारका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

कार्यक्रममा मानवअधिकार एलायन्स स्याङ्जाकी उपाध्यक्ष खीमा थापा, सचिव भीम रानाले लगायतले मानवअधिकार संरक्षण, सामाजिक न्याय र नागरिक अधिकारको सुनिश्चितताका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal