नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ,५ जेठ- बजारको माग अनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्‍याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।

विज्ञहरूले स्नातक तह अन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिनुभएको छ । 

यसै सन्दर्भमा सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज’ (नास–आइटी)द्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा विषय विज्ञले समयानुकुल दक्ष जनशक्ति उत्पादनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

सो अवसरमा नास–आइटीका अध्यक्ष गौरव पाण्डेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरी सूचना प्रविधिसम्बन्धी विषयको पाठ्यक्रम तयार गर्नुपर्ने सुझावलाई आत्मसात् गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।   

अध्यक्ष पाण्डे भन्नुहुन्छ, “उद्योगले खोजे अनुसारको सिप विद्यार्थीमा नहुँदा एकातिर विद्यार्थी बेरोजगार हुनुपर्ने र अर्कातिर उद्योगले जनशक्ति पाउन नसक्ने समस्याको अन्त्य गर्दै बजारको माग अनुसार जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम निर्माण गर्न लागि परेका छौँ ।”

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आइटीका प्रमुख डा. भोजराज घिमिरेले नयाँ पाठ्यक्रममा एआई, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षालगायत नयाँ विषय समावेश हुने जानकारी दिनुभयो ।

कार्यक्रममा एआईले सूचना प्रविधि उद्योगलाई आमूल रूपमा रूपान्तरण गरिरहेको अवस्थामा नयाँ पाठ्यक्रममार्फत समस्या समाधान गर्ने क्षमता, डेटा बुझाइ, क्रिटिकल थिङ्किङ र एआईसँग काम गर्नसक्ने क्षमता राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यसहित ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र स्वीस कन्ट्याक्ट’को वित्तीय तथा प्राविधिक सहयोगमा नयाँ पाठ्क्रम निर्माण प्रक्रिया अघि बढेको हो ।रासस

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal