फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
स्याङ्जा,३ जेठ- फेदीखोला गाउँपालिकाका विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित ‘ज्योया’ नामक च्याटबोट विकास गरेका छन्। गाउँपालिकाले आयोजना गरेको प्रथम विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रस्तुत उक्त परियोजनाले स्थानीय स्तरमै विकसित डिजिटल नवप्रवर्तनको सम्भावना उजागर गरेको छ।
विद्यार्थीहरूले तयार पारेको ‘ज्योया’ च्याटबोटले प्रयोगकर्ताको निर्देशनअनुसार युट्युब, गुगल क्रोम लगायतका एप्लिकेसन सञ्चालन गर्न सक्ने दाबी गरिएको छ। विद्यार्थीहरूका अनुसार उक्त प्रणालीलाई नेपाली परिवेशअनुसार प्रयोगमैत्री बनाउने प्रयास गरिएको छ। प्रदर्शनीमा सहभागी अभिभावक, शिक्षक तथा स्थानीयले ‘ज्योया’ लाई ग्रामीण क्षेत्रका विद्यार्थीको सिर्जनात्मक क्षमताको उदाहरणका रूपमा लिएका छन्। फेदीखोला गाउँपालिकाले बिगत ६ वर्ष देखि “एक विद्यालय एक आईटी शिक्षक” कार्यक्रम सञ्चालन गर्दै विद्यालयस्तरमै आईटी ल्याब र डिजिटल शिक्षा संचालन गर्दै आएको छ। हाल गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयमा आईटी कक्षा सञ्चालनमा छन् भने १ हजार ६ सय बढी विद्यार्थी आईटी शिक्षामा आबद्ध रहेकाे गाउँपालिकाले जनाएकाे छ। गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सीमित स्रोतसाधनका बीच आईटी अभियानलाई निरन्तरता दिइएको बताउनुभयाे। गाउँपालिकाकाे प्रविधि मैत्री अभियानको प्रभावस्वरूप फेदीखोला वडा नम्बर २ निवासी सन्तोष पोखरेल अन्तर्राष्ट्रिय प्रविधि कम्पनी एप्पलमा आईटी व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारीमा पुगेको गाउँपालिकाले जनाएको छ। स्थानीय तहमा प्रविधिमैत्री शिक्षा विस्तारले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन हुने अपेक्षा पालिकाकाे रहेकाे छ।


ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















