क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबिच कूटनीतिक संवाद
तेहरान,२३ चैत– इरान का विदेशमन्त्री सेयद अब्बास अराघचीले जारी क्षेत्रीय द्वन्द्वका विषयमा रुस र भारत का विदेशमन्त्रीसँग टेलिफोनमार्फत छुट्टाछुट्टै छलफल गर्नुभएको छ । इरानको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरण अनुसार उहाँले सेर्गेई लावरोभ र सुब्रमण्यम जयशंकर सँग पश्चिम एसियामा भइरहेको पछिल्लो अवस्थाबारे तथा संयुक्त राज्य अमेरिका र इजरायलका आक्रमणका कारण उत्पन्न सुरक्षा र आर्थिक प्रभावबारे विचार आदानप्रदान गर्नु भएको हो ।
अराघचीले पछिल्ला ३७ दिनमा अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएका आक्रमणबारे विस्तृत जानकारी दिँदै औद्योगिक संरचना, उत्पादन केन्द्र, अस्पताल, विद्यालय, आवासीय क्षेत्र तथा आणविक केन्द्रमा भएको क्षतिबारे चर्चा गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रभावशाली सदस्यलाई अन्तर्राष्ट्रिय कानुन अनुसार जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
उहाँले इरानी जनता र सुरक्षा बल आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न दृढ रहेको उल्लेख गर्दै अमेरिका र इजरायलका कदमले क्षेत्रीय तथा विश्व स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभएको छ । यसैबिच, लावरोभले नागरिक लक्षित आक्रमण, विशेष गरी बुशेहर आणविक विद्युत् केन्द्रमा गरिएका हमला तत्काल रोक्नुपर्नेमा जोड दिनुभयो र द्वन्द्व विस्तार हुन नदिन सबै अवसरको उपयोग गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, जयशङ्करले क्षेत्रीय स्थिरता र सुरक्षालाई पुनःस्थापित गर्न कूटनीतिक प्रयासको महत्व औंल्याउँदै युद्ध रोक्न भइरहेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पहलप्रति भारतको समर्थन रहेको बताउनुभएको छ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण सुरु भएपछि क्षेत्रीय तनाव बढेको हो, जसको प्रत्युत्तरमा इरान र उसका सहयोगीले मध्यपूर्व क्षेत्रमा अमेरिकी र इजरायली हितलाई लक्षित गर्दै आक्रमण गरेका छन् । रासस/सिन्ह्वा
ताजा
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार





















