राष्ट्रपति रनिङ शिल्डको उपाधि गल्याङलाई
अर्जुन काफ्ले
स्याङ्जा,५ फागुन- १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । पुतलिबजार नगरपालिका वडा नं –१ मा शुक्रबारबाट भएको प्रतियोगिताामा १० स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा गरेको प्रतियोगितामा समान १० स्वर्ण, चार रजत र पाँच कास्य पदक जितेको पुतलीबजार नगरपालिका उपविजेतमा चित्त बुझाएको हो ।
प्रतियोगितामा सात स्वर्ण, १६ रजत र १० कास्य पदक प्राप्त गर्दै वालिङ नगरपालिका तृतीय स्थान हात पारेको हो । यस्तै पाँच स्वर्ण, सात रजत र छ कास्य पदक प्राप्त गर्दै चौथो स्थान हात पारको हो ।
१० पालिकाका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ७८१ खेलाडी सहभागि रहेको समितिका अध्यक्ष प्रकास रेग्मीले जानकारी दिनुभयो । यो प्रतियोगितामा व्यक्तिगत प्रथम र समुहगत उत्कृष्ठ खेलाडी बाग्लुङमा हुने प्रदेश स्तरको प्रतियोगितामा छनोट भएका छन् ।
ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















