वालिङमा निर्वाचन सम्बन्धी संयुक्त वैठक

वालिङ,१३ माघ- वालिङमा जिल्ला प्रशासन कार्यालय र निर्वाचनमा सहभागी बिच निर्वाचन सम्बन्धी संयुक्त वैठक   सम्पन्न भएकाे छ।

जिल्ला प्रशासन कार्यालय र स्याङ्जा क्षेत्र नं २ का राजनीतिक दल, सम्बद्ध उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुको बिचमा आचारसंहिता पालना सम्बन्धी संयुक्त बैठक गरिएको हो । 

कार्यक्रममा स्याङ्जा क्षेत्र नं २ का राजनीतिक दल, सम्बद्ध उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वालिङमा आयोजना गरेको निर्वाचन आचारसंहिता–व्यवस्था, अनुगमन तथा नियन्त्रणसम्बन्धी कार्यक्रममा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन आचारसंहितको पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आयोगबाट जारी भएको आचार संहिताको सबै राजनीनितक दल, सम्वद्ध उम्मेदवारहरु, स्वतन्त्र उम्मेदवारहरुले पूर्णरुपमा पालन गर्ने सर्वसम्मतबाट निर्णय भएको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

स्याङ्जाका दुबै क्षेत्रका निर्वाचन अधिकृतहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरु, क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उम्मेदवारहरु एवं सरोकारवालाहरुको संयुक्त बैठकबाट महत्वपूर्ण तीन वटा निर्णयहरु सर्वसम्मतबाट पारित गरिएको छ ।

चुनाव प्रचार प्रसारकाक्रममा राजनीतिक दलहरु तथा सम्वद्ध उम्मेदवारहरु साथै स्वतन्त्र उम्मेदवारहरुले एक आपसमा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले बताउनु भयो । जिल्लाभित्रको शान्ति सुरक्षाको व्यवस्थालाई थप प्रभावकारी र चुस्त दुरुस्त कायम राख्नकालागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त भएको निर्वाचन अधिकृत पौडेलकाे भनाइ छ ।

मतदान अगाडि, मतदानको समय, मतगणनाको समय र विजय जुलुस गरी निर्वाचनका चार चरणहरुमा सरोकारवालाहरु सबै आ–आफ्नो ठाउँबाट निर्वाचनलाई स्वच्छ, निश्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जोड दिनुभयो ।

जिल्लामा निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षालाई थप मजवुत बनाईएकाले निर्धक्क भएर मतदान गर्नकालागि प्रजिअ अर्यालको मतदातालाई आग्रह ग्नुभएकाे छ।

जिल्लाभित्रका सबै ठाउँमा प्रहरी परिचालन गरिएको र सुरक्षाकोतर्फबाट सबै तयारी पूरा भएकाले कतै प्रश्न नउठ्ने गरी काम अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा स्याङ्जा क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत रामप्रसाद पन्थीले निर्वाचन आचारसंहिता–व्यवस्था, अनुगमन तथा नियन्त्रणका विषयमा जानकारी गराउनुभएको थियो ।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal