वालिङमा प्रमाण साप्ताहिक पत्रिका संगै अनलाईन पोर्टल सार्वजनिक
वालिङ,१२ माघ- प्रमाण मिडिया गुरुप प्रा.लि ले वालिङबाट साप्ताहिक पत्रिका संगै अनलाईन न्युज पोर्टल संचालनमा ल्याएकाे छ।
सत्य, तथ्य र प्रमाण एकैसाथ भन्ने नाराका साथ संचालनमा ल्याइएकाे सञ्चार माध्यम प्रमाण न्युज साप्ताहिक पत्रिकाको विमोचन र प्रमाण न्युज डटकम अनलाईनकाे एक कार्यक्रमका विच वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खांँणले सार्वजनिक गर्नुभएको हो।
राज्यको चौँथो अङ्गको स्थानमा राखिएको सञ्चार जगतले देशका हरेक आन्दोलन र उपलब्धीमा महत्वपूर्ण भूमिका खेल्दै आएको नगरप्रमुख खांँणले बताउनुभयो । बढ्दो प्रविधिको युगमा सञ्चार जगत पनि प्रविधिमैत्रि बन्दै जानुपर्ने र समाजमा सत्य, तथ्य सूचना प्रवाह गर्दै नागरिकलाई सूसुचित गराउनुपर्ने नगरप्रमुख खांँणले बताउनुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य हिमलाल पराजुली, जनपत्रकार महासंघ केन्द्रिय सदस्य ध्रुव गौडेल, नेपाल पत्रकार महासंघ जिल्ला कोषाध्यक्ष तथा वालिङ टेलिभिजनका सञ्चालन जोगराज पाठक, प्रेस सेन्टर स्याङ्जाका अध्यक्ष केपी खनाललगायतले अवसर र सुनौतीसंँगै भएको सञ्चार क्षेत्रलाई मर्यादित बनाउँदै सभ्य समाज निर्माणका लागि मिडियाले भूमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा प्रमाणन्युज डटकमका कार्यकारी निदेर्शेक मोहन गुरुङले सत्य, तथ्य र प्रमाणका साथ आफ्ना सामग्रीहरु प्रकाशन गर्ने भन्दै मिडियाको लक्ष्य, उद्देश्य र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















