मातृभूमि सेवा समाज नेपालको अधिवेशन सम्पन्न, अध्यक्षमा पराजुली
वालिङ, ३ माघ–स्याङ्जाको वालिङमा मातृभूमि सेवा समाज नेपालले दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पण्डित नेत्रप्रसाद पराजुलीलाई समाजको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलिपप्रताप खाँणले आध्यात्मिक र निश्वार्थभावले गठित समाजले दुईवर्ष तदर्थ समितिको समयमा पनि सामाजिक क्षेत्रमा सक्रीय भूमिक देखाएको बताउनुभयो । स्याङ्जा जिल्लाकै ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व राख्ने गह्रौंसुरको काखमा रहेको गौशालाको थप व्यवस्थापनका लागि समाजले गतवर्ष महायज्ञ सञ्चालन गरेर गौमाताको सेवामा सराहनीय कार्य गरेको खाँणले उल्लेख गर्नुभयो । काफलडाँडामा रहेको धुनी शिवालयको पनि गह्रौंसुरको जस्तै ऐतिहासिक र धार्मिक तथा प्राचिन महत्व जोडिएको छ । धुनि शिवालयसँगै गौशाला रहेको छ । यी दुवैको संरक्षण गर्नु हामी सबैको दायित्व हो । आगामी दिनमा के के गर्दा यसलाई व्यवस्थित गर्न सकिन्छ भनेर हामी सबै लाग्नुपर्ने खाँणको भनाई थियो ।

कार्यक्रममा अध्यक्ष पराजुलीले दुईवर्षे तदर्थ समितिकै अवस्थामा रहेको समाजले गौशालाको थप व्यवस्थापनका लागि महायज्ञ सञ्चालनलगायत विभिन्न सामाजिक कार्यक्रममा गतिविधी गरिएको जानकारी गराउनुभएको थियो ।
तीनवर्षे कार्यकालका लागि अधिवेशनले समाजको नयाँ कार्य समिति चयन गरेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















