हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

शालिग्राम नेपाल

चितवन,२७पुस–चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बसमध्ये एउटा फेला परेको छ । 

नदीमा खसेको अठार महिनापछि आज दुई वटामध्ये एउटा बस नदी किनारमा गाडिएको अवस्थामा फेला परेको हो ।फेला परेको एउटा बसको अगाडिको ड्राइभरतर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि  प्रहरीलाई खबर गर्नुभएको थियो । 

दुर्घटना भएको स्थलबाट करिब तीन सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अवस्थामा फेला परेको हो । 

बसको अवशेष खोतल्ने काम प्रहरीले गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । चितवन प्रहरीका प्रवक्ता रविन्द्र खनालले गडिएको अवस्थामा फेला परेको बस गत वर्ष पहिले बगाएको हो होइन भन्ने विषयमा अनुसन्धान भैराखेको जानकारी दिएको छ । 

२०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे  पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस खसेर  बेपत्ता भएक थिए ।

 वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा सोहोरेको थियो ।

६५ जना रहेको दुई वटा बसमा तीन जना घाइते अवस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शबव फेला परेको थियो  ५१ जना बेपत्ता भएका थिए । बस खोज्न भारतबाट समेत गोताखोर आएका थिए ।गोप

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal