हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला
शालिग्राम नेपाल
चितवन,२७पुस–चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बसमध्ये एउटा फेला परेको छ ।
नदीमा खसेको अठार महिनापछि आज दुई वटामध्ये एउटा बस नदी किनारमा गाडिएको अवस्थामा फेला परेको हो ।फेला परेको एउटा बसको अगाडिको ड्राइभरतर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।
दुर्घटना भएको स्थलबाट करिब तीन सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अवस्थामा फेला परेको हो ।
बसको अवशेष खोतल्ने काम प्रहरीले गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । चितवन प्रहरीका प्रवक्ता रविन्द्र खनालले गडिएको अवस्थामा फेला परेको बस गत वर्ष पहिले बगाएको हो होइन भन्ने विषयमा अनुसन्धान भैराखेको जानकारी दिएको छ ।
२०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस खसेर बेपत्ता भएक थिए ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा सोहोरेको थियो ।
६५ जना रहेको दुई वटा बसमा तीन जना घाइते अवस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शबव फेला परेको थियो ५१ जना बेपत्ता भएका थिए । बस खोज्न भारतबाट समेत गोताखोर आएका थिए ।गोप
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















