आँधीखोला काेरिडोरको अर्मादी खोलामा पक्की पुल निर्माण गरिँदै

वालिङ,२० पुस- वालिङ नगरपालिका-१, अर्मादी खोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला काेरिडोरअन्तर्गत वालिङ-१, बौवास्थित अर्मादी खोलामाथि पक्की पुल निर्माण थालिएको हो ।

नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला काेरिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो खण्डलाई प्रयोग गर्न सकिने भएको नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार आँधी खोला र अर्मादी खोलाको दोभानमा पुल निर्माण हुने भएपछि वालिङ बजारबाट दैनिक वालिङ सरसफाइ केन्द्रमा आवतजावत सजह हुने छ ।

“पुल सम्पन्न भएसँगै नगरको बजार क्षेत्रबाट दैनिक सङ्कलन हुने कुहिने, नकुहिने, सिसाजन्य तथा दिशाजन्य फोहोर सरसफाइ केन्द्रमा लैजान सहज हुने छ”, उहाँले भन्नु भयो, “साथै सिद्धार्थ राजमार्गको वैकल्पिक सडकका रूपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । यसले सर्वसाधारणलाई आवागमनमा सहज बनाउनुका साथै समय र खर्च बचत गर्ने अपेक्षा गरेका छौँ ।”

पुल निर्माणका लागि डिएसएमवाइ जेभीसँग विसं २०८३ जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी तीन करोड ३७ लाखको लागतमा ठेक्का सम्झौता भएको इन्जिनियर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा स्पानमा निर्माण हुने उक्त पुलको लम्बाइ २५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव ४० मिटर हुने छ । अहिले पुलको फाउन्डेसन निर्माण थालिएको उहाँले जानकारी दिनु भयो ।

हिउँदमा खोलाबाटै गाडी वारपार गरे पनि वर्षायाममा समस्या हुने तथा दैनिक ढुवानीका साथै फोहाेरमैलाका गाडी अन्यत्रबाट घुमाएर लानु पर्ने बाध्यता थियो । वर्षायाममा खेती किसानी गर्ने किसानले ट्याक्टर लैजान तथा अन्य साधन लिएर जान आउन पनि समस्या हुँदै आएको थियो ।

वालिङ बजारबाट सरसफाइ केन्द्रसम्म आवतजावतका लागि अर्मादी र मिर्दीखोला छन् । यस वर्ष अर्मादी खोलामा पक्की पुल बने पनि मिर्दी खोलाबाटै सवारी साधन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

वर्षाका समयमा पनि आँधी खोला काेरिडोरमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्ने उद्देश्यले यहाँ पुल निर्माण थालिएको बताउँदै इन्जिनियर रेग्मीले आगामी आर्थिक वर्षमा मिर्दी खोलामा पनि पक्की पुल निर्माण गर्न ठेक्का लगाउने तयारी भइरहेको जानकारी दिनु भयो । 

आँधी खोलाको किनारैकिनार भएर गएको आँधी खोला काेरिडोरमा पुल निर्माण भएपछि आँधी खोलाको किनार, अर्मादी खोला र मिर्दी खोलाको किनारमा फैलिएका खेतीयोग्य भूमिमा उब्जाउ भएका कृषिजन्य वस्तु तथा नदीजन्य सामग्री काेरिडोर हुँदै ढुवानी गर्न सकिने छ । काेरिडोर पूर्णमा रूपमा सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग तथा वालिङ बजारभित्रका सडकमा सवारी चाप कम हुने देखिन्छ ।रासस

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal