संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा जोडिदै देउसीभैलो

गोपाल जिटी
वालिङ,५ कात्तिक–नेपाली समाजमा विद्यमान चाडपर्वमध्ये तिहार दोस्रो ठूलो पर्व हो । नेपाली पात्रो अनुसार यम पञ्चक लागेपछि झिलिमिली बत्तीसहित मनाइने भएकाले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ ।
तिहारका पाँच दिन काग तिहार, कुकुर तिहार, गाई तिहार र गोवर्धन पूजा अर्थात् गोरु तिहार र भाई टीका अर्थात् भाई तिहार पर्दछन् । यी पाँचै दिनका आ–आफ्नै विशेषता छन् । यो पर्वलाई दाजुभाई तथा दिदीबहिनीबीच भेटघाट हुने एवम् सम्बन्ध प्रगाढ बनाउने शुभ अवसरकारुपमा पनि लिइन्छ ।
काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछि किशोरीहरुले भैलो खेल्ने परम्परादेखिकै प्रचलन हो । भोलिपल्ट गोरु–गोवर्धन पूजा गरेपछि देउसी खेल्ने र देउसी गीत गाएर रमाइलो गर्ने परम्परा हो । बुढापाकाहरु पुरानो भाकाले देउसी भट्याउने र युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरी आ–आफ्नै भाकाले देउसी खेल्ने गरिन्छ ।
हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर भैलो गीत गाउने र नाच्ने गरिन्छ । यति रमाइलो र आफ्नोपन रहेको परम्परालाई पछिल्लो समय कतिपय स्थानमा खाने पिउने, होहल्ला गर्ने र भड्किलो बनेको देखिन्छ । आफ्नो परम्परा र संस्कृतिलाई विकृत बनाइनु राम्रो होइन र विकृत बनाइनु हुँदैन ।
यसैबीच विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले देउसी भैलोलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने गरेको पाइन्छ । यसरी संस्कृति संरक्षणसँगै परम्परालाई निरन्तरता दिइनु सराहनीय कार्य हो । यसै सन्दर्भमा स्याङ्जाको वालिङ क्षेत्रमा संस्थागत देउसी भैलो खेलेर संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्वसँग जोड्नेगरी सक्रिय भएका छन् । वालिङ नगरपालिका १ रामबाच्छाको आशिमाला तमु समाजले स्थानीय बजार र टोलमा देउसीभैलो खेलेर निकै रमाइलो प्रदान गरेको छ । समाजले रमाइलोकोसाथमा सामुदायिक भवन निर्माण सहयोगार्थ देउसीभैलो अभियान सञ्चालन गरेको हो । तिहारबाट सुरु हुने सोरठीगीतसँगै भैलो भट्याउदै गाउनु नाच्नुलाई यो समाजले साङ्केतिकरुपमा भएपनि मौलिकतालाई निरन्तरता दिने प्रयास गरेको देखिन्छ । यसलाई देउसीभैलोको मर्म र भावना अनुरुपको प्रस्तुतिकारुपमा लिनुपर्दछ । यसकासाथै सालैजो र ठाडोभाका एवम् झ्याउरे भाकामा प्रत्येक्ष नाचगान गर्नु हाम्रो मौलिकता हो, जुन यो समाजले अवलम्वन गरेको देखिन्छ । यस्ता प्रस्तुति र निश्चित उद्देश्यसहितका झलकहरु पुस्ता हस्तान्तरण हुनु आवश्यक छ । जसले गर्दा हाम्रा चाडपर्व र मौलिक कला, संस्कृति र परम्पराको निरन्तरतामा टेवा पुग्दछ । नयाँ पुस्तामा पनि यो वर्ष देउसी भैलोसहित संस्कृति संरक्षणमा चासो देखाएको पाइन्छ । यसैक्रममा तल्लो वालिङका किशोर किशोरीहरु वर्षेनी संस्कृति संरक्षणको नारासहित देउसीभैलो खेल्दै आएको छ । यो समूहले सोरठी, झोरा, घाँटुसहित देउसीभैलो खेलेर मौलिक संस्कृति संरक्षणमा प्रयास गरेको देखिन्छ ।
यसैगरी वालिङ १३ को झलुङ्गे बजारबासीले पनि सामाजिक सेवामा सहयोग पुगोस भनेर देउसीभैलो अभियान सञ्चालन गरेको छ । यस्तै क्षत्री समाज वालिङले पनि सामुदायिक भवन निर्माणार्थ देउसीभैलो कार्यक्रम गरेको छ । यसकासाथै स्थानीय बजार र टोलहरुमा देउसीभैलो खेल्नेहरु बाक्लोरुपमा देखिन्छन्, जसले तिहार पर्वलाई साँझको समयमा झिलिमिली उज्यालोसँगै सङ्गीतमय बनाएका छन् । समग्रमा वालिङ क्षेत्रको देउसी भैलोका कार्यक्रमहरु विगतको तुलनामा यो वर्ष सुधारोन्मुख देखिएको छ ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal