भीरकोटकै प्रतिष्ठित शैक्षिक संस्था भाग्योदय माविले स्वर्ण महोत्सव मनाउने

गोपाल जिटी
वालिङ, १० असोज–स्याङ्जाको भीरकोट नगरपालिका ६ मा रहेको भाग्योदय माध्यमिक विद्यालय नगरपालिकाकै मध्येभागमा रहेको शैक्षिक संस्था हो । यो विद्यालय देशमा तीनतहको सरकार सञ्चालन भएसँगै पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षामा अगाडि बढेको शैक्षिक संस्थामा पर्दछ । यसरी सुविधा सम्पन्न भौतिक संरचनासहित गुणस्तरीय शैक्षिक अभ्यासमा अगाडि बढेका जिल्लाका शैक्षिक संस्थामध्ये भाग्योदय मावि पनि एक हो । भीरकोट नगरपालिकाकै मध्येभागमा रहेको विद्यालयले नमूना विद्यालयकारुपमा विकास गर्नका लागि केही असल अभ्यासहरुसमेत प्रयोगमा ल्याइसकेको छ । विक्रम सम्वत २०३३ सालमा स्थापना भएको विद्यालयले यो वर्ष स्वर्ण महोत्सव मनाउने भएको छ । भीरकोट ६ को उजेलीडाँडाको मनोरम वातावरणमा रहेको विद्यालयले आउँदो माघ महिनामा स्वर्ण महोत्सव मनाउने भएको हो ।
आउँदो माघ महिनामा विशेष कार्यक्रमकासहित आफ्नो स्वर्ण महोत्सव मनाउने तय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले जानकारी गराउनुभएको हो । आफ्नो संयोजकत्वमा मूल आयोजक समिति बनाएर स्वर्ण महोत्सवको तयारीमा लागिएको अध्यक्ष खनालको भनाई छ । स्वर्ण महोत्सव ३ दिनको हुने छ । महोत्सवका अवसरमा विद्यालय प्राङ्गणमा स्मारक बनाइने र स्मारिका प्रकाशन गर्ने कार्यक्रम रहेको उहाँले उल्लेख गर्नुभयो । यसले विद्यालयको ऐतिहासिक दस्तावेजिकरण गर्ने उहाँले व्यक्त गर्नुभयो । यसैगरी पठनपाठनमा विषयहरु थप गर्ने र क्याम्पस सञ्चालनका लागिसमेत छलफलहरु भैरहेको अध्यक्ष खनालले बताउनुभयो । अहिले व्यवहारिक शिक्षा अन्तर्गत व्यवसायिक कृषि छ, योसँगै समयको माग र आवश्यकतालाई मध्येनजर गरेर अन्य विषय थप गर्ने सन्दर्भमा छलफल भैरहेकोसमेत उहाँको भनाई छ ।
भीरकोट नगरपालिकाका निवर्तमान नगरप्रमखसमेत रहनुभएका अध्यक्ष खनालका अनुसार आफ्नो संयोजकत्वमा ५ सय १ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक समिति बनाएर तयारीमा लागिएको छ ।
शिक्षकहरु, पूर्व शिक्षक तथा विद्यार्थीहरु, पूर्व व्यवस्थापन समितिहरु एवम् अभिभावकलगायत यससँग जोडिएकाहरुको सहभागितामा ५ सय १ सदस्यीय स्वर्ण महोत्सव मूल आयोजक समिति बनाएर तयारीमा लागिएको हो । यस अन्तर्गत पूर्व विद्यार्थी डा. तुलसी प्रभासको संयोजकत्वमा स्मारिका तयारीका लागि ७ सदस्यीय उपसमिति बनिसकेको छ, जसले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ । यसैगरी दशै सकिए लगतै अरु विभिन्न उपसमितिहरु बनाएर कार्य विभाजन गरिनेछ ।
यसैगरी विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले भीरकोट नगरपालिकाकै प्रतिष्ठित शैक्षिक संस्थाको स्वर्ण महोत्सवलाई हामी सबैको साझा पर्वकारुपमा मनाउनेगरी तयारीमा लागिएको बताउनुभयो । यो क्षेत्रकै अग्रणी संस्थाको महोत्सवलाई सभ्य भव्य र मर्यादित बनाउन शिक्षक, अभिभावक, विद्यार्थी तथा समाजसेवी सम्पूर्ण महानुभावहरुलाई आ–आफ्नो ठाउँबाट सहयोगी भूमिका निभाउन उहाँको आग्रह छ ।
असल अभ्यास तथा गुणस्तरीय शिक्षाका प्रयासः
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालका अनुसार नमूना विद्यालयकारुपमा विकास गर्नका लागि केही असल अभ्यासको थालनी गरिएको छ । खाजा व्यवस्थापनलाई पहिलो असल अभ्यासकारुपमा लिइएको छ । यसका लागि अभिभावकको सहभागिता गराइएको छ । जसमा प्रत्येक दिन ३ जना अभिभावकको उपस्थितिमा खाजाको व्यवस्था गरिदै आइएको छ र त्यसको हिसाव पनि उनीहरुले नै राख्दछन् । विद्यार्थीसँगै शिक्षकहरुले पनि खाजा खाने र ६ दिनमा ६ प्रकारका खाजाको व्यवस्था गरिएको छ । यसका लागि राज्यका तर्फबाट प्राप्त रु.१५ ले खर्च नपुग हुने भएकाले अभिभावहरुले मासिक २ सय रुपैयाँ थप्ने गरेका छन् ।
यसैगरी दोस्रोमा कृषि अथवा वागवानी अन्तर्गत नमूना बगैंचाको थालनी गरिएको छ । जसमा छतमा फलफूल बगैंचा बनाउने र बारीमा पनि तरकारीहरु लगाउने काम गरिएको छ । जसले गर्दा पढ्दै कमाउदै गर्न सकियोस भनेर पनि सुरुवात गरिएको हो । यस्तै तेस्रोमा विद्यार्थीहरुलाई वर्गिकरण गरेर उनीहरुको क्षमताका आधारमा अतिरिक्त कक्षाको व्यवस्थापनसहित पठनपाठन अगाडि बढाइएको छ । शिक्षकहरुलार्इृ भ्रमण गराउने र शैक्षिक उन्नतिका क्षेत्रमा विज्ञहरुसँग तालिममा सरिक गराउने भैरहेको छ ।
शुद्ध पिउने पानीको व्यवस्था, प्राथमिक स्वास्थ्य सेवाको प्रवन्ध र दुईवटा गाडीको व्यवस्था गरी विद्यार्थीलाई यातायात सुविधा प्रदान गरिएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal